बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:०१
वासिङटन डिसी 08:16

अमेरिकी कंग्रेसले जुनटिन्थ कानुन पारित ,अमेरिकामा अर्को संघीय विदा एक दिन बढ्ने

इनेप्लिज २०७८ असार ३ गते ०:४६ मा प्रकाशित

अमेरिकी कंग्रेसले जुनटिन्थ कानुन पारित गरेको छ । यो पारित संगै अमेरिकामा अर्को संघीय विदा एक दिन बढ्ने भएको छ । अर्थात् सरकारी काम गर्ने कर्मचारीलाई एक दिन छुट्टि मिल्ने भएको छ ।

स्मरण रहोस ,१९८३ मा मार्टिन लुथर किङ्ग जुनियरको सरकारी बिदा अनुमोदन भए पछि यो पहिलो पटक एक दिन बिदा थपिएको छ । ४० बर्ष पछि कंग्रेसले नया राष्ट्रिय छुट्टी स्थापित गरेको छ भनि एबिसी न्युजले समाचार लेखेको छ ।

यस पटक १५६ औ जुनटिन्थ दिवस हो भने गृह युद्ध हुँदा अफ्रिकन अमेरिकन दास प्रथा उन्मुलन गरिएको थियो । आज जुन १६ बुधबारका दिन अमरिकी तल्लोले उक्त कानुन पारित गरेको छ ।

उक्त कानुन राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरे पछि कानुनी रुपमा संघीय छुट्टी अर्थात् बिदा हुनेछ । गत मंगलबार सिनेटले सर्वसम्मतबाट पारित गरेको थियो ।

जुनटिन्थ दिवस के हो :

जुन १९ लाई स्वतन्त्रता दिवस, मुक्ति दिवस र दासत्व-मुक्ति दिवस पनि भनेर चिनिन्छ । जुन १९ ,१८६५ मा संघीय फौज टेक्ससको गाल्भेस्टनमा आइपुगेको दिनलाई मानिन्छ ।

उनीहरु त्यहा पुगे पछि अफ्रिकी अमेरिकीहरूलाई दासत्वबाट स्वतन्त्र गरेका थिए । उनीहरुलाई सुनिश्चित गर्न दुबै पक्षले दासत्व मुक्तिमा हस्ताक्षर गरेपछि उनीहरू स्वतन्त्र भएका थिए। अर्थात् सोही दिन दासत्व मुक्तिको घोषणा गरिएको र गृहयुद्धको अन्त्य भएको थियो ।

आज मतदान हुँदा हुन्छ भन्नेको पक्षमा ४१५ र विपक्षमा १४ मत परेको थियो ।

प्रतिक्रिया