बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:२६
वासिङटन डिसी 07:41

होनोलुलुमा १६ बर्षिय युवाको गोली लागि निधन भएकोमा ३ जना प्रहरी बिरुद्ध हत्या र हत्याको प्रयासको अभियोग

इनेप्लिज २०७८ असार २ गते २३:४९ मा प्रकाशित

होनोलुलुमा १६ बर्षिय युवाको गोली लागि निधन भएकोले ३ जना प्रहरी बिरुद्ध हत्या र हत्याको प्रयासको अभियोग चलाईएको छ । ३ जना मध्ये १ जनालाई हत्या र अर्का २ जनालाई हत्याको प्रयास अभियोग लगाईएको अभियोगपक्षका वकील (वादी)ले जनाएका छन् ।

उक्त युवाले सवारी साधन तीब्र गतिमा कुदाएको हुनाले प्रहरीहरुले उनको पछ्याएका थिए । आयरम्यामबर साइक्याप नामक उक्त युवाले सेतो हन्डा कुदाउदै गर्दा संदिग्धले गाडी चोरी गरेको उनलाई ८ पटक गाडीको पछाडिको सिसाबाट गोली हानिएको हुँदा उनको मृत्यु भएको थियो ।

उनलाई अस्पताल लगिएता पनि उनको पछि निधन भएको होनोलुलु वादीको अधिवक्ता कार्यालयले जनाएको छ । उनको भाइ मार्क साइक्यापलाई २ गोली मात्र लागेकोले उनि जीवित रहेका छन् ।

४२ बर्षिय प्रहरी अधिकारी जेफ्री थोमलाई दोश्रो श्रेणीको हत्या गरेको र उनले गोली हानी मारेको आरोप लगाईएको छ । यसैगरी २६ बर्षिय ज्याकरी अह नि र ४० बर्षिय क्रिस्टोफर फ्रेडी लुसलाई हत्याको प्रयासको अभियोग लगाईएको छ ।

“प्रमाणले यस निष्कर्षलाई समर्थन गर्दछ कि प्रतिवादीहरूले यस मुद्दामा घातक शक्ति प्रयोग गर्नु अनावश्यक, अव्यावसायिक, र कानून बमोजिम न्यायसंगत थिएन,” फौजदारी उजुरीमा उक्त कुरा उल्लेख गरिएको छ ।

प्रत्येकलाई न्यूनतम २० वर्ष कारागार सजाय कैदबाट हुन् सक्ने छ । हालमा प्रहरीहरुले आफ्नो शरीरमा लगाएको चित्रग्राहिणी(क्यामरा)सार्वजनिक गरेका छैनन भनि सिएनएनले समाचार लेखेको छ । उक्त घटना अप्रिल ५ मा भएको थियो ।

प्रतिक्रिया