बाढी पहिरोमा परेका किसान परिबार लगायतको उध्दारको माग

इनेप्लिज २०७८ असार २ गते १०:५० मा प्रकाशित

देशमा आएको बाढी पहिरोमा परी नेपाली किसान र जन समुदायको सयौ परिबारमा जन धनको ठूलो क्षति भएकोमा अखिल नेपाल किसान यूनियनले अत्यन्तै दुःख ब्यक्त गरेको छ र उद्धार राहतका लागि राज्य र सामाजिक समाजसेबी संगठनहरुसँग बिनम्र आग्रह गरेको छ ।  बक्तब्यको पूर्ण पाठ यस प्रकार छ :

देशका हिमाली तथा पहाडी जिल्लाहरुमा  आएको अबिरल बर्षाका कारण बाढी र पहिरोमा परेर ठूला जन धनको  क्षति ब्यहोर्नु परेका किसान परिबार लगायत पीडित सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा अखिल नेपाल किसान यूनियन गहिरो दुःख ब्यक्त गर्दछ । यो प्राकृतिक बिपत्तीमा परेर ज्यान गुमाएकाहरु सबैप्रति श्रध्दाञ्जली प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

यस प्राकृतिक बिपत्तिमा परेका सबैको शिघ्र उद्धार र उपचार गर्न र पीडि परिबारलाई यथेस्ट क्षतिपूर्ति दिन अखिल नेपाल किसान यूनियन राज्यसँग जोडदार माग गर्दछ । बिपत्तीमा परेकाहरुलाई आवश्यक सक्दो सहयोग पुर्रयाउन यतिबेला सबै समाजसेवी संस्था र संगठनहरुसँग पनि किसान यूनियन बिशेष आग्रह गर्दछ ।

 

लोकनारायण सुबेदी

अध्यक्ष

अखिल नेपाल किसान यूनियन

 

 

 

प्रतिक्रिया