शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २३:१२
वासिङटन डिसी 13:27

अमेरिकामा २ करोड ८५ लाख ७८ हजारले कोरोना जिते ,संक्रमित दर २० प्रतिशत न्यून

इनेप्लिज २०७८ असार २ गते १०:४५ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १३ हजार ४ सय २१ जना संक्रमित भएका छन् । यसै गरी कोरोना भाइरसबाट ३ सय ४१ जनाको मृत्यु भएको छ ।

गत शनिबार जुन १५ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

कोरोनाबाट संक्रमण हुनेको औसत दरमा विगत दुई हप्तामा २० प्रतिशतले कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ५ लाख ९९ हजार ८ सय ७५ जनाको निधन भएको छ भने दुई हप्तामा १० प्रतिशतले मृत्यु दर घटेको छ ।

हाल अमेरिकामा १९ हजार ३ सय ५० जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको संख्या २२ प्रतिशतले घटेको छ । गत जुन १५ का दिन अमेरिकामा ७ लाख १८ हजार ७ सय ७६ जनाले कोरोनाको जाँच गराएका छन् ।

अहिले बिहान बुधबार सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३४ लाख ५२ हजार ९ सय ९३ रहेको छ । अमेरिकामा हाल सम्म ३१ करोड १८ लाख ८६ लाख ६ हजार ६ सय ७४ जनाले कम्तिमा एक खुराक खोप लगाएका छन् ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४४ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५३ प्रतिशत पुगेको छ । अमेरिकामा वयस्कहरूले कम्तीमा पनि एक खुराक खोप ६५ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५५ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८७ प्रतिशत र पूर्ण खोप ७७ प्रतिशत दिइएको सिडिसीले जनाएको छ । अमेरिकामा हाल सम्म २ करोड ८५ लाख ७८ हजार ७ सय १ जनाले कोरोना जितेका छन् ।

 

प्रतिक्रिया