१९ घन्टादेखि टापुमा फसेका चार जनालाई सशस्त्र प्रहरीले गर्याे उद्धार
१९ घन्टादेखि दाङस्थित राप्ती नदी बीचको टापुमा फसेका ४ जना व्यक्तिलाई सशस्त्र प्रहरी बलले बुधबार बिहान उद्धार गरेको छ ।
जिल्लाको लमही नगरपालिका – ७, हसनापुर र राजपुर गाउँपालिका( २ बेला स्थित राप्ती नदीको बीच टापुमा हिजो दिउँसो २ बजेबाट फसेकाहरूको आज उद्धार गरिएको हो ।
टापुको दुबैतिर राप्तीको नदी बग्ने र बीचमा रहेको टापुमा दिउँसो बस्तु चराउन पुगेका उनीहरू अविरल वर्षासँगै राप्तीमा बाढी आएपछि करिब ५० वटा गाइबस्तुसँगै अलपत्र परेका थिए ।
उद्धार गरिएका व्यक्तिहरू लमही ७ बस्ने वर्ष ४८ का मन्सराम चौधरी, राजपुर २ बस्ने वर्ष ५० की साबित्री यादव, सोही ठाउँ बस्ने वर्ष २६ का राधेश्याम यादव र राजपुर ३ बस्ने वर्ष २५ का गणेश यादव रहेका छन् ।
राति ९ बजे उनीहरू फसेको जानकारी आए पनि रातको समयमा पानीको अत्यधिक बहावका कारण उद्धारमा कठिनाइ भएको थियो ।
आज बिहानै सशस्त्र प्रहरी बल नम्बर २९ ज्वालामाइ गणबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर खनाल र नम्बर ४१ रिजर्भ गण चन्द्रौटा कपिलवस्तुबाट सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्माको कमान्डमा गएको विपद व्यवस्थापन सहितको टोलीले ९ बजे चारै जनाको उद्धा गरी घर पठाएको छ । उनीहरूले चराउन लिएर गएका गाईवस्तु चाहिँ सोही टापुमा रहेका छन् ।
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
प्रतिक्रिया