एमाजोनका प्रमुख बेजोसकी पूर्व पत्नी म्याकेन्जी स्कटद्वारा २.७४ अर्ब डलर जातीय विभेद र कलालाई दान
जातीय समानता पत्रकार कोष तथा एशियाई अमेरिकी संघ लगायतलाई आर्थिक सहयोग
एमाजोनका प्रमुख जेफ बेजोसकी पूर्व पत्नी म्याकेन्जी स्कटले जातीय विभेद र कलालाई सम्मान गर्दै २.७४ अर्ब डलर दान दिएकी छिन । उनले यस्ता थुप्रै विविध क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूलाई थुप्रै दान दिएकी छिन ।
स्कट बिश्वमै धनी महिलाहरूको सूचीमा पर्छिन् । उने उक्त रकम बिभिन्न संघ/संस्थाहरुलाई दिएकी हुन् । उनको सम्बन्ध बिच्छेद सन् २०१९ मा जेफ बेजोस संग भएको थियो । बिहे भएको २५ बर्ष पछि उनीहरु छुट्टिएका थिए ।
बेजोससंग अहिले १९३.५ अर्ब डलर भएको हुनाले उनि बिश्वकै धनाढ्य व्यक्ति हुन् । स्कट कूल ५९ बिलियन अर्थात् अर्ब दल रहेको फोर्ब्स पत्रिकाले जनाएको छ ।
स्कटले गत मार्चमा जेविट संग पुन दोश्रो बिहे गरेकी छिन । गत बर्ष २०२० को जुलाईमा बिक्री अत्यधिक बढेको र उनीहरुको धन पनि वृद्धि भएकोले ११६ वटा संघ/संगठनलाई १.७ बिलियन अर्थात् अर्ब डलर चन्दा दिएकी थिइन् ।
उनले उक्त समयमा एलजिबिटिक्यु ,मौषम परिवर्तन लगायतमा रकम दिएकी थिइन् । साथै गत डिसेम्बरमा पनि ३८४ वटा संगठनहरुलाई ४.३ अर्ब डलर दिएकी थिइन् ।
उनले हालसालै गरि २८६ वटा संगठनहरुलाई दान दिएकी थिइन् । उनले जातीय समानता पत्रकार कोष, एशियाई अमेरिकी संघ लगायत परेका छन् भनि सिएनएनले समाचार लेखेको छ
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया