बालिका बलात्कार गर्ने ५३ वर्षीय गुरुङ पक्राउ

इनेप्लिज २०७८ असार १ गते ११:०९ मा प्रकाशित

कञ्चनपुरमा ११ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-४ गुलरियाका ५३ वर्षीय धनबहादुर गुरुङ रहेका छन् ।

उनले ती बालिकालाई ललाइफकाइ गरी पटकपटक बलात्कार गर्दै आएका थिए । पछिल्लो पटक जेठ २३ गते जबरजस्ती करणी गरेको भन्दै पीडितको तर्फबाट जेठ ३० गते प्रहरीमा उजुरी परेको थियो । उजुरी परेपछि प्रहरीले गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।

पक्राउ परेका गुरुङमाथि करणी मुद्दा अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया