बहिनी मरेपछि पेट दुखेर ढलेको भनियो, आफन्त पुग्दा रुवाबासी,बिहेको २७ दिनमै यस्तो घटना (भिडियो)

इनेप्लिज २०७८ असार १ गते १०:१४ मा प्रकाशित

घटना रुपन्देही जिल्लाको हो।पोखराकी बिष्णु क्षेत्रीको रुपन्देहीका प्रदिप भट्टराईसंग बिबाह भयो।एक बर्षको प्रेमलाई उनीहरुले बिबाहमा रुपान्तरण गरेका थिए ।लकडाउनको कारण बिबाह रुपन्देहीमै भयो।पोखराबाट केटीका आफन्तहरुमात्र गए।सामान्य परिवारमा जन्मीएकी बिष्णुको बिबाहमा परिवारले १२ लाख भन्दा बढी खर्च गर्यो।धेरै रकम सुनमा खर्च भएको बिष्णुकी आमा बताउँछिन्।बिबाहपछि पनि केटापक्षले अझै सुन नपुगेको गुनासो गरे।बिष्णुले रुदै आमासंग भनिन् तर बिहे गरेको २७ दिनमा गत जेठ १४ गते बिष्णुले झुण्डिएर आत्महत्या गरिन्।बहिनीलाई पेट दुख्यो तपाईहरु आउनु पर्यो भनेर माईतिपक्षलाई भनियो तर पछि जाँदा बहिनी भुईमा लडिरहेकी थिईन् बिष्णुका दाजुले भने । परिवारले दिएको तनावका कारण बहिनीले आत्महत्या गरेको माईतीपक्षको आरोप छ । हेर्नुहोस् स्थलगत रिपोर्ट।

प्रतिक्रिया