बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:४०
वासिङटन डिसी 08:55

जर्जियामा मुखावरण लगाउने बिषयमा बहस हुँदा महिला कर्मचारीलाई गोली चलाउदा निधन ,२ अन्य घाइते

इनेप्लिज २०७८ असार १ गते १:४९ मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यमा मास्क ( मुखावरण )लगाउने बिषयमा बहस हुँदा महिला कर्मचारीलाई ग्राहकले गोली चलाउदा निधन भएको छ । यसै क्रममा २ अन्य घाइते भएको प्रहरीले जनाएका छन् ।

जर्जिया राज्यको डिकेटर नामक शहरको एक बिशाल बजारमा गोली काण्ड भएको हो । सोमबार जुन १४ का दिन विशाल बजारको किराना पसलमा गोली काण्ड भएको डिकाल्ब काउन्टीका शेरिफ(प्रहरी) मेलोडी मेडोक्सले बताईन ।

प्रहरीका अनुसार दक्षिण डिकाल्ब बिशाल बजारमा प्रवेश गरेका थिए । उनको धनाधिकारी(क्याशियर)संग मास्क (मुखावरण )सम्बन्धि झगडा हुँदा उनले गोली हानेका थिए ।

चोट पटकको कारण उक्त महिला कर्मचारीको निधन भएको प्रहरीले सोमबार पत्रकार सम्मेलनमा बताइन । उक्त बिशाल बजारमा आरक्षितमा रहेका सहायक सुरक्षा कर्मीले उनलाई गोली हानेका थिए ।

उक्त संदिग्धले पनि गोली चलाउदा दुवै जना घाइते भएकोले अस्पताल लागिएको छ । मेडोक्सका अनुसार सुरक्षाकर्मी ३० बर्ष अनुभवी थिए तर उनको अवस्था स्थिर रहेको उनले जनाइन ।

जर्जियाको अनुसन्धान बिभाग र डिकाल्ब काउन्टी प्रहरीले अनुसन्धान गरि रहेको जनाएको समाचार सिएनएनले लेखेको छ ।

प्रतिक्रिया