अलबिदा सागर
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो…
मेरिल्याण्ड राज्यको बाल्टिमोरको उप नगर क्षेत्रमा गोली लागि निधन भएका स्व सागर घिमिरेको दाह संस्कार सम्पन्न भएको छ । गत आइतबार जुन १३ का अन्तिम संस्कार गरिएको छ ।
दाह संस्कार बाल्टिमोर कै डनडक काजोरोस्की फ्युनेरल होम (अन्त्येष्टि गृह)मा दिउसो करिव २:३० गरिएको थियो । उनि सबैलाई सदाको लागि छोडेर कहिले नआउने गरि बिलय भएका छन् । उनको दाह संस्कार १ महिना पछि मात्र गरिएको छ । यसै बिचमा नेपालमा रहेका उनका पिता तथा अन्य परिवार सदस्यहरुलाई पनि ल्याउने बाल्टिमोरका अगुवाले प्रयास गरिएको भएता पनि नेपाल कोरोना महामारी तीब्रको साथै उडान अत्यन्तै सीमित भएकोले त्यो सम्भव हुन् सकेन ।
उनका घर परिवारका सदस्य तथा पिताले दाह संस्कार केवल श्रब्य दृश्य(भिडियो )बाट हेरेको बाल्टिमोर सन् पत्रिकाले समेत उल्लेख गरेको छ ।
ईतिहास रच्ने प्रथम नेपाली मूलका मेरिल्याण्ड राज्यका लागि बिधान सभा सदस्य ह्यारी भण्डारीले दुखद घडीमा घर परिवारका कसैलाई उपस्थित गराउन अथक प्रयास गरेका थिए । उनले बाल्टिमोरबाट संचालित पत्रिका बाल्टिमोर सन संग कुरा गर्दै अमेरिकी दुतावाससंग पनि परिवारका सदस्यलाई अन्तिम संस्कारमा ल्याउन सकिन्छ कि भनि प्रयास गरेको उनले बताएका थिए ।
अमेरिकी दुताबासले पनि कोरोनाको कारण प्रवेशाज्ञा सेवा बन्द र केही उडानमात्रलाई अनुमति दिइएको कारण सम्भव नभएकोले आइतबार अन्तिम संस्कार हिन्दु पण्डितले गरेका थिए ।
उक्त अन्तिम संस्कारमा महा बाणिज्य दूत प्रेम राजा महत ,गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थ ,प्रवासी नेपाली एकता मंच अमेरिकाका अध्यक्ष प्रभु थापा,अमेरिकाज क्षेत्रको लागि क्षेत्रीय संयोजक राजन
त्रिपाठी ,बानाका अध्यक्ष सुबोध विलास पन्त लगायत नेपाली समुदायको उपस्थिति रहेको थियो ।
गत महिना शनिबार मे ८ का दिन बिहान भएको गोलीकाण्डमा २५ बर्षिय सागर घिमिरेको निधन भएको थियो । उक्त गोली काण्डमा श्याम अधिकारी घाइते भएका र एक नेपालीको घर पूर्ण नष्ट भएको थियो ।
घिमिरेको लागि दाह संस्कार तथा अन्य खर्च उठाउन गो फन्ड मी नामक खाता खोलिएको थियो भने ३५ हजार डलर उठाउने लक्ष्य राखिएको थियो । ३५ हजार लक्ष्य भन्दा ज्यादा करिव ३९ हजार डलर संकलन भएको छ ।
गो फन्ड मी नामक खाता खोल्ने नेतृत्व लिएको बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(बाना)का अध्यक्ष सुबोध पन्त पनि दाह संस्कारमा सहभागी भएका थिए ।
घिमिरेको नेपाल घर संखुवासभा हो ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया