बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:११
वासिङटन डिसी 07:26

महामारी पछि तमु धी भर्जिनियाको बार्षिक साधारण सभा भौतिक रुपमा उपस्थित भै सम्पन्न

इनेप्लिज २०७८ जेठ ३१ गते २२:३८ मा प्रकाशित

महामारी पछि पहिलो पटक तमु धी भर्जिनियाको बार्षिक साधारण सभा भौतिक रुपमा उपस्थित भै सफलता पूर्वक सम्पन्न भएको छ । गत जुन १३ तारिख आइतबार भर्जिनियाको आश्बर्न शहरमा उत्साहजनक रुपमा समापन गरियो ।

समाजका वयोबृद्ध सदस्य श्रीमती राज कुमारी गुरुङले पानसमा बत्ति बालि उदघाटन गर्नु भएको उक्त साधारण सभाको सभापतित्व तमु धी भर्जिनियाका अध्यक्ष नन्द कुमार गुरुङले गर्नु भएको थियो ।

कार्य समितिका उपाध्यक्ष तिलक गुरुङले दोश्रो साधारण सभाको महत्व र औचित्यबारे प्रकाश पार्नु भएको थियो । सहभागी सम्पूर्ण अतिथि,सदस्य तथा पत्रकारहरुलाई  कार्यकारी समितिका सदस्य माया गुरुङले स्वागत मन्तब्य दिनु भएको थियो ।

कार्यक्रम संचालन सचिव थमन गुरुङले गर्नु भएको थियो। दोश्रो साधारण सभाको कामना गर्दै मन्तव्य दिनेहरुमा संस्थाका वरिष्ठ सल्लाहकार एवम् संरक्षक सदस्य नेत्र गुरुग,सल्लाहकार तथा संरक्षक सदस्य पूर्व अध्यक्ष सुरेन्द्र गुरुङ ,सल्लाहकार ,संरक्षक सदस्य एवं संस्थापक द्वय केबी गुरुङ र धन गुरुङ साथै आमा रीता गुरुग हुनु हुन्थ्यो ।

यसैगरी कार्य समितिका तर्फबाट सचिव थमन गुरुङले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्र कुमारी गुरुङले आर्थिक प्रति बेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत दुई प्रतिवेदन उपर सहभागी सदस्यहरुको छलफल र उत्कृष्ट सल्लाह सुझाव पछि कर्तलध्वनिको बीच दुवै प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।

साथै आफ्नो महत्वपूर्ण मन्तव्य सहित सहभागी सबैलाई धन्यबाद ज्ञापन गर्दै कर्यक्रमका सभापति नन्द कुमार गूरुङ्गले औपचारिक कार्यक्रम विसर्जन गर्नु भएको थियो ।

अन्त्यमा रात्री भोजका साथै कलाकार तथा सक्रिय सदस्य बिन्ति कुमार गुरुङ र डिजे सुगन्ध श्रेष्ठको संयोजनमा उत्कृष्ट सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।

 

 

प्रतिक्रिया