शुक्रबार, माघ १४ २०७८
काठमाडौं १४:३५
वासिङटन डिसी 03:50

उपेन्द्र यादवले सोधे सरकारमा सहभागी ११ जना मन्त्रीलाई स्पष्टिकरण

इनेप्लिज २०७८ जेठ ३१ गते १०:०२ मा प्रकाशित

काठमाडौं।जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी ११ जना मन्त्रीलाई अध्यक्ष उपेन्द्र यादवले स्पष्टिकरण सोध्नुेका छन्।

पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टिकरण सोधेका हुन्।अध्यक्ष यादवले पार्टीको कुन निर्णयबाट सरकारमा सहभागी भएको हो रु भनेर सात दिनको म्यादसहित स्पष्टिकरण सोधिएको जानकारी दिए।

भूमि व्यवस्था,सहकारी तथा गरीबी निवारण मन्त्री लक्ष्मणलाल कर्णले भने स्पष्टिकरण बारे आफूलाई जानकारी नभएको बताएका छन्।

केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी छन्।सरकारमा जसपाको नेतृत्व गरेका राजेन्द्र महतोले उपप्रधानमन्त्री सहित सहरी विकास मन्त्रालय समालेका छन्।

प्रतिक्रिया