बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:०३
वासिङटन डिसी 07:18

अमेरिकाको सिनसिनाटिमा गोली हानाहान हुँदा ६ बर्ष र ८ बर्षका बच्चाहरु गोली लागि गम्भीर घाइते

इनेप्लिज २०७८ जेठ ३१ गते १:५७ मा प्रकाशित

अमेरिकाको ओहायो राज्यको सिनसिनाटिमा गोली हानाहान हुँदा ६ बर्ष र ८ बर्षका बच्चाहरु गोली लागि गम्भीर घाइते भएका छन् । साथै अन्य दुई किशोरहरु पनि घाइते भएका छन् ।

गत शनिबार साँझ ६ बजे सिनसिनाटि शहरको उत्तरपूर्वको पूर्वीय वेस्टवुड नामक स्थानआ उक्त घटना भएको हो । सिनसिनाटि प्रहरी बिभागका अनुसार उक्त घटनामा कम्तिमा दुई जना बन्दुकधारीहरु उक्त काण्डमा संलग्न रहेको जनाएका छन् ।

उक्त घटना भएको स्थानको एक खाली ठाउँमा बच्चाहरु खेली रहेको अवस्थाआ गोली चलेको थियो । आइतबार दिउसो सम्म कसैलाई पनि गिरफ्तार गरिएको छैन ।

सिनसिनाटिको अस्पतालमा भर्ना भएका दुई बच्चाहरुको अवस्था निकै नाजुक रहेको प्रहरीले जनाएका छन् ।

उनीहरुको नाम सार्वजनिक गरिएको छैन भनि एबिसी न्युजले समाचार प्रकाशित गरेको छ ।

साथै १८ उक्त घटनामा घाइते भएका १८ वर्षीय र १९ वर्षीय किशोरहरुलाई सिनसिनाटि बिश्व बिद्यालयको चिकित्सा केन्द्र उपचार गरि रहेको प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया