बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:३३
वासिङटन डिसी 08:48

डिसी स्वाभिमान उत्सवमा दुई युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक किशोर पक्राउ

इनेप्लिज २०७८ जेठ ३१ गते १:२१ मा प्रकाशित

कसैलाई के धन्धा घर ज्वाईलाई खानको धन्धा भने झैँ अमेरिकाको राजधानी वाशिंगटन डिसीमा -डिसी स्वाभिमान उत्सवमा दुई युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ ।

डिसीको डुपोन्ट सर्कल भन्ने स्थानमा गत शनिबार जुन १२ का दिन उत्सवमा नाची रहेको समयमा यौन आक्रमण गरेकोले उनलाई पक्राउ गरिएको डिसी प्रहरीले जनाएका छन् ।

जेसन पल रिगलम्यानलाई नाबालिग नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको थियो।

थुप्रै मानिसहरुको एक ठूलो समूह उद्यानमा संगीत नाचिरहेका अवस्थामा महिलाहरुको एक समूहले नजिकैका प्रहरी अधिकारीहरुलाई दुई युवतीहरुलाई मात्र यौन आक्रमण भएको बताएका थिए ।

प्रहरीको बयान अनुसार उक्त संदिग्ध रिगल म्यान भएको पहिचान भयो । उनि वाशिंगटन डिसीको डुपोन्ट सर्कल र कनेक्टिकट एभिन्यू(मार्ग )को कुनामा भागेका थिए ।

उनलाई अमेरिकी उद्यान प्रहरीलेपक्रिए र केरकार गरे। उनले प्रहरी अधिकारीहरूलाई भने कि उनी पार्कमा थिए जब मानिसहरू नाचिरहेका थिए । तर उनले अनुसन्धानकर्तालाई सहयोग भने नगरेको प्रहरीले जनाएका छन् ।

रिग्लेम्यानले एक प्रहरी अधिकारीलाई अनुसन्धानमा आफ्नो समय बर्बाद गरिरहेको बताए । उनले म कुनै पनि दण्ड र पैसा तिर्न सक्छु किनभने मलाई केही हुने वाला छैन। तपाई प्रतिक्षा गर्नूस र हेर्नुहोस ,उनले भने ।

उनलाई पछाडी डिसेम्बर १५ को लागि अदालतमा हाजिर हुन् पत्र काटिए पछि उनलाई छोडिएको डब्लुटिओपि डटकम ले समाचार लेखेको छ ।

 

प्रतिक्रिया