बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:२१
वासिङटन डिसी 07:36

टेक्ससको अस्टिन शहरको मुख्य बजारमा अन्धधुन्ध गोली चलाई १४ जनालाई घाइते बनाउने फरार एक संदिग्ध पक्राउ

इनेप्लिज २०७८ जेठ ३० गते १२:२७ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको अस्टिन शहरको मुख्य बजारमा अन्धाधुन्ध गोली चलाई १४ जनालाई घाइते बनाउने दुई संदिग्ध मध्ये एक जनालाई पक्राउ गरिएको छ ।

उक्त घटना गत शनिबार बिहान जुन १२ का दिन भएको हो । प्रारम्भिक चरणमा १३ जना घाइते भएता पनि १ जना अझ थपिदा १४ जना घाइते भएको प्रहरीले जनाएका छन् ।

१४ मध्ये मध्ये २ जनाको अवस्था ज्यादा गम्भीर रहेको अस्टिन प्रहरीका अन्तरिम प्रहरी प्रमुख जोसेफ चाकोनले शनिबार पत्रकार सम्मलेनमा बताएका थिए । ६ जनालाई अस्पताल भर्ना गरिएको थियो भने अन्य ३ जनालाई कसैले अस्पताल ल्याएको प्रहरीले बताएका थिए ।

अस्टिन प्रहरी विभागले वक्तव्य निकाली अमेरिकी मार्शल लोन स्टार फ्यूजीटीभ टास्क फोर्स (फरार कार्य बल टोली)को सहयोगमा पक्राउ गर्न सफल भएको जनाएका छन् ।

तर प्रहरीले अन्य कुनै विस्तृत जानकारी दिएका छैनन् भने पक्राउ गर्ने प्रयास निरन्तर गरि रहेको बताएका छन् । उक्त घटना शनिवार राती १:३० मिनेटमा भएको र त्यस समयमा मानिसहरूको घुइँचो लागेको थियो ।

अन्तरिम प्रहरी प्रमुखका अनुसार दुई समूह बीच विवाद बढे पछि गोली चलेको विश्वास गरेको जनाएका छन् । प्रहरीका अनुसार अत्याधिक पीडितहरू प्रत्यक्षदर्शी रहेका थिए ।

एक प्रत्यक्षदर्शी म्याट पर्लस्टिनका अनुसार एक मधुशाला(बार)मा आफ्नो साथीलाई भित्र छिर्न प्रतिक्षा गरि रहेको समयमा गोली चलेको बताएका थिए । उनले सबै कुरा ठिक अवस्थामा थियो तर एक्कासि गोली चलेको उनले बताएको समाचार डब्लुटिओपि डटकमले लेखेको छ ।

 

प्रतिक्रिया