बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:०२
वासिङटन डिसी 07:17

अमेरिकामा ३७ करोड ४३ लाख कोरोना बिरुद्ध खोप आपूर्ति ,कम्तीमा ३० करोड ८१ लाखलाई एक खुराक खोप

इनेप्लिज २०७८ जेठ ३० गते ११:४९ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १४ हजार ४ सय ६४ जना संक्रमित भएका छन् । यसै गरी कोरोना भाइरसबाट ३ सय ८५ जनाको मृत्यु भएको छ ।

गत शनिबार जुन १२ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

कोरोनाबाट संक्रमण हुनेको औसत दरमा विगत दुई हप्तामा ३१ प्रतिशतले कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ५ लाख ९९ हजार ६ सय ८० जनाको निधन भएको छ भने दुई हप्तामा २० प्रतिशतले मृत्यु दर घटेको छ ।

हाल अमेरिकामा २० हजार ३ सय १७ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको संख्या २३ प्रतिशतले घटेको छ । गत जुन १२ का दिन अमेरिकामा ६ लाख ९२ हजार ९ सय ३३ जनाले कोरोनाको जाँच गराएका छन् ।

अहिले बिहान आइतबार सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३४ लाख २४ हजार १ सय ५९ रहेको छ । अमेरिकामा हाल सम्म ३० करोड ५६ लाख ८१ लाख १२ हजार ७ सय २८ जनाले कम्तिमा एक खुराक खोप लगाएका छन् ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४२.६ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५१.९ प्रतिशत पुगेको छ । अमेरिकामा वयस्कहरूले कम्तीमा पनि एक खुराक खोप ६४.३ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५३. ९ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८६.७ प्रतिशत र पूर्ण खोप७६१ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

प्रतिक्रिया