बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:४१
वासिङटन डिसी 08:56

मनासस भर्जिनियाका नरदीप राईको स्वास्थ्य अवस्था जटिल ,सहयोगको लागि आह्वान

इनेप्लिज २०७८ जेठ २९ गते २२:३९ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा बस्दै आएका नरदीप राईको स्वास्थ्य अवस्था निकै जटिल अवस्थामा रहेको छ । सामाजिक अभियन्ताहरुले उनको सहयोगको लागि गो फन्ड मी संचालनमा ल्याएका छन् ।

उनको स्वास्थ्य खर्चको लागि ५० हजार डलर उठाउने लक्ष्य राखिएको छ । खाता खोलेको दुई दिन भित्रमा करिव ३७ हजार ४ सय ३६ डलर जुन १२ का दिन साँझ ६:३० सम्म संकलन भएको छ । उक्त गो फण्ड खाता निर्मला भेटवालले खोलेकी हुन् । उनले हाल सम्म सबै भन्दा ज्यादा रकम ३ हजार डलर दिएकी छिन ।

सबै नेपाली समुदायलाई सहयोगको लागि आह्वान गरिएको छ । उनले दुई बर्ष अगाडि “ नेपाली अमेरिकन सामुदायिक केन्द्र “ निर्माणका लागि ऐतिहासिक महापुराणमा वाद्यवादनमा ७ दिन नै साथ दिएका थिए ।

भर्जिनियाका सामाजिक अभियन्ता परशुराम भण्डारीले सामाजिक संजाल मार्फत हाल राई बोल्न र खान नसक्ने अवस्थामा पुगेको जनाएका छन् ।

सहयोग गर्न इच्छुक नेपाली समुदायले सहयोग गर्न चाहेमा यहाँ थिच्नु होला :

https://gofund.me/3f9fbccb

 

प्रतिक्रिया