बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:५०
वासिङटन डिसी 08:05

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले भने ,अमेरिकाको ‘निश्चित’ पुनरागमन भएको भन्दै बाइडेनलाई स्वागत

इनेप्लिज २०७८ जेठ २९ गते २२:०९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेन जि-७ शिखर बैठकको लागि बेलायत पुगेको समयमा उनलाई फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोनले अमेरिकाको ‘निश्चित’ पुनरागमन भएको भन्दै बाइडेनलाई संघ(क्लब)मा स्वागत गरेका छन् ।

दुई राष्ट्रपति बीच धाप मारामार गरेको तस्विर सार्वजनिक भएको छ । राष्ट्रपति बाइडेनले बिगत ४ बर्षमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य राष्ट्रहरुसंग बिगारेको अमेरिकाको प्रतिष्ठा र छविलाई पुन सुधार गर्ने प्रयासमा जुटेका छन ।

दुई राष्ट्रपति शनिबार बेलायतको कर्नवालमा भेटघाट गएका छन् । दुई नेताहरु द्विपक्षीय बैठकमा थुप्रै बिषयमा छलफल गर्न लागि बसे। फ्रान्सेली राष्ट्रपति म्याक्रोनले सहमत गर्दै अमेरिका “पक्कै” पुन पहिलेकै अवस्थामा आएको उल्लेख गरे ।

तपाइले जे प्रदर्शन गर्नुहुन्छ त्यो नै नेतृत्व साझेदारी हो,” म्याक्रोनले भने । उनले बाइडेनको प्रतिबद्धताको कदर गरे। राष्ट्रपति बाइडेनले म्याक्रोनसँग सहमति जनाउँदै भने, “हामी, संयुक्त राज्य अमेरिका,मैले पहिले भनेकै थिएँ, हामी फर्क्यौं। अमेरिकाको पुनरागमन भयो।”

एबीसी न्यूजका क्यारेन ट्राभर्सले बाइडेनसँग “के तपाईले सहयोगी मित्रहरुलाई अमेरिका पुनरागमन भएकोमा विश्वस्त गर्नुभयो?” भनि जिज्ञाशा राख्दा उनले तुरून्त जवाफ दिए “हो, निश्चित रूपमा।” हाम्रो पुनरागमन भयो उनले थपे ।

प्रतिक्रिया