भर्चुअल लघुकथा वाचन कार्यक्रम सम्पन्न

इनेप्लिज २०७८ जेठ २९ गते १४:१२ मा प्रकाशित

नेपाल स्रष्टा समाज,काठमाडौँको आयोजनामा शनिवार लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ।संस्थाका विधान आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सिक्किमदेखि दार्जिलिङसम्मका लघुकथाकारहरुको सहभागिता रहेको थियो। सिक्किमबाट त्रिपुरा पोखरेल खरेल,इलामबाट हेमलता उप्रेती,विराटनगरबाट नारायण तिवारी र ममता मृदुल,मोरङबाट उमा सिंजापति,भोजपुरबाट जीवन दाहाल,रौतहटबाट सञ्जय साह मित्र,मकवानपुरबाट कृष्ण पौडेल,काठमाडौँ उपत्यकाबाट डा.विदुर चालिसे,शेखरकुमार श्रेष्ठ,ध्रुव मधिकर्मी,किशोर पहाडी, श्रीओम श्रेष्ठ रोदन,काभ्रेबाट सुमन सौरभ,गोर्खाबाट दीपक कथित,स्याङ्जाबाट मिलन समीर,पाल्पाबाट विनोद नेपाल,धनगढीबाट लक्ष्मीप्रसाद पौडेल तथा कन्चनपुरबाट राजेन्द्र शर्माले लघुकथा वाचन गर्नु भएको छ।

कार्यक्रम सञ्चालक तथा लघुकथाकारको चयन गर्ने दीपक लोहनी,सभापति विधान आचार्य र समीक्षक पुष्करराज भट्टसमेतले लघुकथा वाचन गर्नुभएको कार्यक्रममा वाचित सबै लघुकथाको समीक्षा डा.भट्टले गर्नुभएको थियो।

देशभरका विभिन्न उमेर र प्रवृत्तिका लघुकथा वाचन गरिएको कार्यक्रम आफैंमा महत्वपूर्ण भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया