बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:५८
वासिङटन डिसी 08:13

मेक्सिकन लागू पदार्थ कारोवारका आरोपी एल मेञ्चोकी छोरीलाई अढाई बर्ष कैद सजाय

इनेप्लिज २०७८ जेठ २९ गते १२:४१ मा प्रकाशित

 

मेक्सिकन लागू पदार्थ कारोवारका आरोपी एल मेञ्चोकी छोरीलाई अढाई बर्ष कैद सजाय सुनाईएको छ । उनलाई वाशिंगटन डिसीमा गत शुक्रबार उक्त सजाय सुनाइएको हो ।

जसलाई “किंगपिन” ऐन अन्तर्गत नियुक्त गरिएको मेक्सिकन प्रतिष्ठानमा उनको भूमिका रहेको अमेरिकी न्याय विभागले जनाएको छ। ओसेगुरा उनको उपनाम “एल मेन्चो ” हो ।

३४ बर्षिय उनकी छोरी, जेसिका जोहाना ओसेगुरा गोन्जालेज जो संग दोहोरो अमेरिका तथा मेक्सिकोको दोहोरो नागरिकता रहेको छ । उनलाई गत मार्चमा दोषारोपण गरिएको थियो । उनलाई वाशिंगटनको अदालतको सुनुवाईको समयमा सजाय सुनाईएको छ ।

यस ऐन अन्तर्गत अमेरिकाको अर्थ विभागले सामान्यतया उनीहरुले लागु पदार्थ कारोवारमा पैसा सहयोग गर्ने ,नशालु पदार्थ कारोवारका तस्करहरुलाई सहयोग पुर्‍याउँछ, र अमेरिकीहरुलाई उनीहरुसंग कारोवार गर्नबाट रोक्छ।

ओसेगुरा गोन्जालेज धेरै व्यवसायकि संचालिका वा कार्यकारीको रूपमा सूचीबद्ध छिन ।

उनको भाइ रुबेन, जसलाई “एल मेन्चीटो” भनेर चिनिन्छ। पहिले उनलाई ठूलो मात्रामा कोकिन र लागूपदार्थ वितरण,षड्यन्त्र र हतियारको आरोप लगाईता पनि दोषी ठहर गर्न सकिएको थिएन ।

दोषी ठहरिएको भए उनले कम्तिमा १५ बर्ष कारागारको सजाय भोग्नु पर्ने थियो । ओसेगुरा फरार रहेका छन् भने अमेरिकी सरकारले उनको पक्राउमा पुर्‍याएको जानकारीका लागि १ करोड (१० मिलियन )डलर प्रस्ताव गरेको छ भनि एबिसी न्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया