नेपालको रेमिटेन्स कम्पनी आइएमई लिमिटेडले शनिबार आफ्नो २० औं वार्षिकोत्सव मनाएको छ
नेपालको रेमिटेन्स कम्पनी आइएमई लिमिटेड स्थापना कालको २१औं वर्षमा प्रवेश गरेको छ । रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन सफल कम्पनीले शनिबार आफ्नो २० औं वार्षिकोत्सव मनाएको छ ।
नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित देशभर ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् कम्पनीले विदेशमा कार्यरत नेपालीहरुले दुस्ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा वितरण गर्दै आइरहेको छ । आइएमइ रेमिट र आइएमइ पेको नेटवर्क ३५ हजार भन्दा बढी रहेको आइएमई ग्रुपका प्रवक्ता राजु पौडेलले जानकारी दिए ।
छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट रकम पठाउन आइएमई रेमिट लोकप्रिय रहेको कम्पनीले जनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले सम्पूर्ण सेवाग्राही, व्यावसायिक साझेदार लगायत सम्पूर्णप्रति आभार तथा कृतज्ञता ज्ञापन गरेको छ ।
कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी कम्पनीले भर्चुअल माध्यमबाट कार्यक्रम गर्दैछ । २० वर्षदेखि कार्यरत कर्मचारी र १० वर्षे सेवा अवधि पुरा गरेका कर्मचारीलाई कम्पनीले सम्मान गर्दैछ ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया