टेक्ससको अस्टिन शहरको मुख्य बजारमा गोलीबारी हुँदा १३ जना घाइते
अमेरिकाको टेक्सस राज्यको अस्टिन शहरको मुख्य बजारमा गोलीबारी हुँदा १३ जना घाइते भएको समाचार सिएनएनले लेखेको छ । प्रहरीका अनुसार उक्त घटना शनिबार बिहान जुन १२ का दिन भएको हो ।
१३ जना मध्ये २ जनाको अवस्था ज्यादा गम्भीर रहेको अस्टिन प्रहरीका अन्तरिम प्रहरी प्रमुख जोसेफ चाकोनले शनिबार पत्रकार सम्मलेनमा बताए । ६ जनालाई अस्पताल भर्ना गरिएको छ । अन्य ३ जनालाई कसैले अस्पताल ल्याएको प्रहरीले जनाएका छन् ।
एक अस्पतालमा ११ जनालाई उपचारको लागि लागिएको छ भने १ जनालाई अन्य कुनै अस्पतालमा भर्ना गरिएको छ । अर्कै अस्पताल भर्ना भएकोलाई कैयौ पटक गोली प्रहार गरिएको छ ।
प्रहरीलाई संदिग्ध बारेमा लगभग अनुमान भै सकेको छ भने उक्त स्थानमा त्यहाँका मानिसहरूलाई कुनै खतरा नभएको बताएका छन् । हाल सम्म संदिग्ध फरार रहेको र पक्राउ गर्न सकिएको छैन ।
प्रहरीले उक्त संदिग्धको खोजी गर्न र पहिचान गर्न बिभिन्न श्रोत र सडकहरुमा राखिएका चित्रग्राहिणी(क्यामरा)हरुको सुपरिवेक्षण गरि रहेको जनाएका छन् ।
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
अमेरिकाको मिजौरीको एक घरमा इन्धन विष्फोटमा बाबुको ज्यान गए पछि ३ वर्षीया बालिकाको पनि मृत्यु
प्रतिक्रिया