बुधबार, माघ १२ २०७८
काठमाडौं २२:१९
वासिङटन डिसी 11:34

सविता प्रकरणको यथार्थ बल्ल बाहिरियो,यस्तो त’नाब लिएर बाँच्न सकिनन उनी (भिडियो सहित)

इनेप्लिज २०७८ जेठ २९ गते १०:१३ मा प्रकाशित

चितवनकी सविता भण्डारीको मृत्यु प्रकरण उनी प्रति न्याय माग्दै सामाजिक सञ्जालमा ह्यास ट्याग नै चलिरहेको छ,जस्टिस फर सविता भण्डारी दे हत्या ग कि ह त्या? सोसल मिडियामा सविताको मृत्युको बहसको विषय बनेको छ।यो घटनाको अन्तर्य केलाउँदा महिनौं देखि भोग्दै आएको मृत्युको खास कारण देखिन्छन्।

घटना गत वैशाख ४ गतेको हो।साँझपख चितवन प्रहरीलाई खबर पुग्यो– ‘भरतपुर–१९ मा एक महिलाले देह त्याग गरिन्।’ ती महिला थिइन्,सविता भण्डारी धिताल।प्रहरी सम्म खबर पुर्‍याउने चाहिँ सविताकै पतिको परिवार थियो।प्रहरीलाई जतिबेला देह त्याग खबर पुग्यो,त्यतिबेला परिवारले ती महिलालाई चितवन मेडिकल कलेज लगिसकेको थियो।त्यसपछि सविताको माइती पक्षको दाबी रह्यो–उनलाई सकिदीएक हुन्।

चितवन प्रहरीको अनुसन्धानले भने सविताले देह त्याग नै गरेको निष्कर्ष निकाल्यो।‘यस्तो केसमा अनुसन्धान गर्दा हामी दुइटा कुरा हेर्छौं– कि त मृतक आफैले यस्तो गरेको हुनु पर्यो कि त अरुले यस्तो गराईएको हुनु पर्छ ’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारी भन्छन्, ‘हामी घटनास्थल पुगेर अनुसन्धान गर्दा केही छिमेकीको उपस्थितिमा मृतकलाई यस्तो अबस्था बाट निकालेर अस्पताल पुर्‍याएको पाइयो।

तर,सविताको माइती पक्ष यो निष्कर्ष मान्न तयार भएन।सविताको श्रीमान् र उनको परिवारले दाइजो नदिएको निहुँमा निरन्तर गर्दै आइरहेको र त्यही क्रममा यो परिणाम आएको आ रोप लगायो।श्रीमान् योगेन्द्रकुमार धिताल,ससुरा रमेशकुमार धिताल र आमाजु भावना ढकाल मिलेर सविताको यो अवस्थाममा ल्याएको उनीहरुको आरोप थियो।

सविताको माइती पक्षले ७५ वर्षीय ससुरा रमेश कुमार धितालले सवितालाई न’रा’म्रो व्य’वहा’र गर्ने गरेको आ’रोप लगाएका छन्।सविताको बिहे ०७१ सालमा भएको थियो।सविताले बहिनी सजनीलाई ससुराले गर्ने त्यो व्यवहारको बारे सुनाएको फेसबुक च्याट पनि सार्वजनिक भएको छ।

‘त्यसपछि मैले दिदीलाई यसरी बोलेको भरमा कसैलाई पत्याउँदैन,बरु एउटा भिडियो बनाउने प्रयास गरन भनेर सुझाएकी थिएँ,’सजनीले एक युट्युब च्यानलसँग भनेकी छिन्,‘त्यसपछि सविताले भिडियो बनाइन् र मलाई पठाएकी हुन्।’ यही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।जहाँ ससुरा सविताको काखमै सुत्न खोज्छन्।‘काखमै सुत्नुपर्ने त?’ त्यसपछि भिडियोमा सविताले अ’सह’ज भाव प्रकट गरेकी छिन्।

प्रतिक्रिया