बिहीबार, साउन १४ २०७८
काठमाडौं १९:०७
वासिङटन डिसी 09:22

अमेरिकी संसद भवनमा दंगा र बिद्रोहमा संलग्न भएका शिकागोका प्रहरीलाई ५ वटा अभियोग सहित पक्राउ

प्रहरी ट्रम्पलाई पुन :जबर्जस्ति बिद्रोहबाट ल्याउने प्रयासमा

इनेप्लिज २०७८ जेठ २९ गते १:३७ मा प्रकाशित

अमेरिकी संसद भवनमा गत जनवरी ६ का दिन दंगा र बिद्रोहमा संलग्न भएका शिकागोका प्रहरी एफबिआईको फन्दामा परेका छन् । उनलाई शिकागोको उनको घरबाट बिहानै पक्राउ गरिएको छ ।

अमेरिकी क्यापिटल अर्थत संसद भवन भएको दंगाको आरोपमा ५ वटा संघीय दुराचारको आरोप लगाइएको छ। क्यारोल स्विसिकलाई उनले जानी जानी प्रतिबन्धित भवन र मैदानमा पसेका थिए ।

उनको प्रवेश उग्र र उनले त्यहाँ दुर्ब्यबहार गरेको गत बुधबार दायर गरिएको कागजातमा उजुरी परेको छ । उनि शुक्रबार बिहान अदालतमा हाजिर भएका थिए । उनलाई एफबिआइले उनले संचार आदान प्रदान गरेका गुगल इमेल(बिधुतिय डाक) खाता र उनको दूरभाष(फोन )बाट पत्ता लगाएका थिए ।

उनले आफै हिंसामा सहभागी भएको समयमा तस्बिर सामाजिक संजालमा राखेका थिए । उनले शिकागो प्रहरीका गन्जी लगाई आफू राष्ट्लाई बचाउन भनि आएको लेखेको उजुरीमा जनाईएको छ ।

क्यारोल दंगा हुनु भन्दा अगाडी अघिल्लो राती डिसी पुगेका थिए भने उनले ४४ वटा तस्बिरहरु खिचेका थिए । त्यस मध्ये उनले ३ जनालाई पठाएको उजुरीमा उल्लेख गरिएको सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया