बिहीबार, साउन १४ २०७८
काठमाडौं १९:०६
वासिङटन डिसी 09:21

नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) को दोस्रो साधारण सभामा हार्दिक आमन्त्रणा !

इनेप्लिज २०७८ जेठ २९ गते १:०२ मा प्रकाशित

आदरणीय न्याकका सदस्यज्यूहरु नमस्कार!

डिसी मेट्रो क्षेत्रमा सामुदायिक भवन र मन्दिर निर्माण गर्ने लक्ष्य लिएर गैर नाफामूलक संस्थाको रुपमा स्थापित न्याकको दोस्रो वार्षिक अधिवेशन शनिबार न्याक भवनकै प्रांगड मनाससमा हुनगैरहेको छ ।

शनिबार विहान ११ बजे शुरु हुने यस सभामा न्याकका सदस्यहरु महानुभावहरु एवं समुदायका दाजुभाई दिदीबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।

छिटो भन्दा छिटो सामुदायिक भवन निर्माण गरी यही क्षेत्रमा तपाई हामीले परिकल्पना गरेको मिनी नेपालको स्थापना गर्न यहॉहरुको प्रत्यक्ष सहभागिता र सहयोग सदैव आवस्यक पर्दछ ।

यहॉहरु मध्य कोही अझै पनि न्याकको सदस्य बन्नु भएको छैन भने शनिवार सम्मको प्रमोसन अवधिको सक्दो लाभ उठाउन सक्नु हुनेछ ।

अमेरिकाका लागि नेपाली महामहीम राजदूत डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहनेछ । साधारण सभामा नवनिर्वाचित अफिसरहरुको सपथ ग्रहण, भोलन्प्रटियर प्रसंसा र संस्थाले हाल सम्म गरेका प्रगति विवरण र भावी योजनाहरुको बारेमा छलफल हुनेछ ।

कार्यक्रम: न्याकको दोस्रो अधिवेशन
स्थान: न्याक भवन,
10501 Balls Ford Rd, Manassas, VA 20109
मिति: जुन १२, २०२१ शनिवार ।
समय: विहान ठीक ११ बजे

प्रतिक्रिया