शुक्रबार, असार ४ २०७८
काठमाडौं ११:३८
वासिङटन डिसी 01:53

पुलित्जर सम्मान पत्र पुरस्कार जर्ज फ्लोयडलाई घुँडाले थिची रहेको अवधिमा दृश्य अभिलेखन गर्ने किशोरीलाई प्रदान

इनेप्लिज २०७८ जेठ २८ गते २३:११ मा प्रकाशित

पुलित्जर सम्मान पत्र पुरस्कार जर्ज फ्लोयडलाई घुँडाले थिची रहेको अवधिमा दृश्य अभिलेखन गर्ने किशोरीलाई प्रदान गरिने भएको छ । मिनियापोलिसका पूर्व प्रहरी डेरेक शविनले ९ मिनेट भन्दा ज्यादा दुवै हात बाधेर घुंडाले निर्दयी रुपमा थिच्दा उनको मृत्यु भएको थियो ।

पुलित्जर पुरस्कार समितिले बिसेष सम्मान पत्र दिने जुन ११ का दिन घोषणा गरेको छ । प्रहरीको बर्बरताको पराकाष्टको कारण जर्ज फ्लोयडको निधन भएको थियो ।

डार्नेला फ्रेजीयरको श्रब्य दृश्य (भिडियो) र अदालतको प्रमाणको रुपमा प्रयोग गरेको थियो र अन्य प्रमाण मध्ये यसैको कारण शविनलाई सजाय दिन मद्धत पुगेको थियो ।

उनले मे २५ ,२०२० मा उनले खिचेकी थिइन् । उने उक्त दृश्य खिच्दा १७ बर्षकी थिइन् भनि एनबिसी न्युजले समाचार प्रकाशित गरेको छ ।

उक्त दिन र उक्त घटना हुदा हुदै स्व जर्ज फ्लोयडले बिलाप गरे र जीवन रक्षा गर्न बिन्ति गरेका थिए । अन्य व्यक्तिहरु मध्ये उनीले पनि अन्य प्रहरीहरुलाई त्यसो नगर्न आग्रह गरेकी थिइन् ।

उनले साक्षीको बयान लिने क्रममा त्यो दिन राती भै सकेको थियो । म जर्ज फ्लोयडको तर्फबाट माफी माग्दै थिए । ज्यादा नगर्न आग्रह गरे भनेकी थिइन् ।

पुलित्जर पुरस्कार पत्रकारिताको क्षेत्रको लागि सबैभन्दा प्रतिष्ठित सम्मान मानिन्छ। उक्त पुरस्कार १९१७ मा स्थापना भएको हो ।

 

प्रतिक्रिया