एभरेष्ट बैंकद्वारा रु पाँच लाख सहयोग

इनेप्लिज २०७८ जेठ २८ गते २२:११ मा प्रकाशित

विराटनगर,२८ जेठ।नागरिक केयर सेन्टर,विराटनगरलाई एभरेष्ट बैंक लिमिटेडले रु.पाँच लाख सहयोग रकम उपलब्ध गराएको छ।

कोभिड १९ महामारीको रोकथाम,नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको हो।

बैंकका क्षेत्रीय प्रबन्धक पूर्णबहादुर श्रेष्ठले नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजूलाई उक्त चेक आज हस्तान्तरण गर्नु भयो।

चेक हस्तान्तरण समारोहमा सेन्टरका अध्यक्ष सारडाज्यू, वरिष्ठ उपाध्यक्ष एवं कोषाध्यक्ष जाजूज्यू,सदस्य नविन रिजाल,बैंकका प्रदेश प्रबन्धक श्रेष्ठ,विराटनगर प्रबन्धक साजन के.सी.र रमेश भण्डारीले नागरिक स्वास्थ्य सुरक्षामा सहयोग गर्न सबैको उत्तरदायित्व रहेको धारणा राख्नु भयो।

प्रतिक्रिया