आइतबार, असार ६ २०७८
काठमाडौं ०२:२६
वासिङटन डिसी 16:41

मेरिल्याण्डको टार्गेट पसलमा महिलालाई अपहरण हुन् बाट एक पुरुषद्वारा उद्धार

इनेप्लिज २०७८ जेठ २८ गते १०:५३ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको रक्भिल स्थित एक टार्गेट पसलमा अपहरणमा परेकी एक महिला अपहरणकर्ताको हातबाट उम्कन सफल भएकी छिन ।गत सोमबार राती ९ बजे उक्त घटना भएको जानकारी मोन्टगोमेरी काउन्टी प्रहरीले गत बुधबार जानकारी दिए।

२६बर्षिय डेनीयल जे बेल्किक नामका उक्त अपहरणकर्ताले १८ बर्षिय महिलालाई तान्दै आफ्नो सवारी साधनमा लाग्ने प्रयास गरेका थिए । उनले सवारी साधन अड्डा (पार्किंग लट ) लानु अगाडी उनले चिच्याए पछि उनि बच्न सफल भएकी थिइन् ।

प्रहरीका अनुसार उनले चिच्याउदै लडाई गरेको प्रत्यक्षदर्शी ले देखेको समाचार वाशिंगटन पोष्टले लेखेको छ । त्यसपछि प्रहरी आए पछि उक्त व्यक्ति भागेका थिए ।

प्रहरीले उक्त व्यक्तिको हुलिया अनुसार उनलाई रक्भिल कै एक स्थानमा ४५ मिनेट पछि पक्राउ गर्न सफल भएको थियो । प्रहरीलाई उनले आफूले उक्त घटना गरेको भनि कबुल गरेका छन् । उक्त अपहरणकारीको कुनै ठेगाना नभएको प्रहरीले जानकारी दिएका छन् ।

उक्त ठिक समयमा ३१ बर्ह्सिय एलेक्स बेज भन्ने सूचना प्रविधि(आइटी)का कर्मचारी आमाको लागि श्याम्पो खरिद गर्न त्यहाँ आएको समयमा उनले महिला चिच्याएको सुनेका थिए । उनले त्यस पछि आफ्नो गाडीबाट ओर्लिएर गाडी राख्ने पहिलो तलामा एक व्यक्तिले नारी समाती लागि रहेको देखेका थिए ।

उक्त व्यक्तिले म संग हिड भन्दै तान्दै गर्दा बेजले सहयोग गरेका थिए ।

 

प्रतिक्रिया