शुक्रबार, असार ११ २०७८
काठमाडौं १६:१५
वासिङटन डिसी 06:30

अमेरिकामा भारतीय मूलको माथुरले मेरिल्याण्डका सांसदलाई मार्ने धम्कि दिंदा ५ बर्षको कैद सजाय

इनेप्लिज २०७८ जेठ २८ गते २:१२ मा प्रकाशित

अमेरिकामा भारतीय मूलको सिद्धार्थ माथुर भन्ने मानिसले मेरिल्याण्डका एक सांसदलाई मार्ने धम्कि दिंदा ५ बर्षको कैद सजाय पाउने भएका छन् । उन्लाई आगामी सेप्टेम्बर ९ का दिन उनलाई सजाय दिइने छ ।

उनले गत बर्ष २०२० को डिसेम्बरको प्रारम्भिक हप्तामा मेरिल्याण्डका सांसदलाई उनको संजालस्थल(वेब साइट)मार्फत संदेश दिई धम्कि दिंदा उनि दोषी ठहर भएका छन् ।

उनले त्यति मात्र नभई डिसी प्रहरीलाई पनि झुटा बयान दिएका थिए । उनले ज्यान लिने जस्ता धम्कि दिएको कारण उनलाई पक्राउ गरिएको थियो । उनले रिसमा आफ़्नो मत लगेमा तिम्रो कार्यालयलाई उडाइ दिने धम्कि पनि दिएका थिए । त्यति मात्र हैन सांसद लाई तिमी र तिम्रो परिवार कहा बस्छन ,मलाई थाहा छ भनेका थिए ।

सिद्धार्थ कुमार माथुरले अमेरिकी सदनका प्रहरीलाई ढाटेको र मार्ने धम्कि दिएको बिहिबारका दिन अमेरिकी न्याय विभागले बताएको छ । उनलाई गत डिसेम्बरमा नै अभियोग लगाईएको थियो भनि डब्लुटिओपी डटकमले समाचार लेखेको छ ।

 

प्रतिक्रिया