आइतबार, जेठ ३० २०७८
काठमाडौं ०१:५२
वासिङटन डिसी 16:07

अलबिदा भरतराज !

इनेप्लिज २०७८ जेठ २८ गते १:४६ मा प्रकाशित

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो…

गत जुन ६ आइतबारका दिन अमेरिकाको नर्थ क्यारोलाइनामा मस्तिकघातबाट निधन भएका युवा भरतराज ओलीको दाह संस्कार सम्पन्न भएको छ । उनि सबैलाई सदाको लागि छोडेर कहिले नआउने गरि बिलय भएका छन् । उनको अन्तिम संस्कार जुन १० का दिन नर्थ क्यारोलाइनाको राले शहरमा सम्पन्न भएको छ ।

आज बिहान स्थानीय समय अनुसार उनको दाह संस्कारको केही काम ८-९ बजे सम्म र ९-१० बजे सम्म दर्शनको लागि राखिएको थियो । अन्तिम संस्कार १० बजे गरिएको सामाजिक अभियन्ता कृष्ण पोख्रेलले ईनेप्लिजलाई बताए ।

काम गर्ने ठाउँमा भुईमा लड्दा मष्तिष्कमा भएको चोटको कारण अस्पतालमा औषधि उपचार कै क्रममा निधन भएका नर्थ क्यारोलाईना निबासी ३४ बर्षीय स्व भरत राज ओली नेपाली जन सम्पर्क समिति ,नर्थ क्यारोलाइनाका बर्तमान कार्य समितिका सदस्य पनि रहेका थिए ।

नेपाली जन सम्पर्क समिति ,नर्थ क्यारोलाइनाका बर्तमान सभापति चिरन्जीवी भट्टराईले गहिरो दुख व्यक्त गर्दै आफू र समितिको तर्फबाट समबेदना प्रकट गरेका छन् । उनले हाम्रा आत्मीय मित्र स्व भरतराज ओलीको असामयिक निधनमा सम्पूर्ण नर्थ क्यारोलाईनाको नेपाली समाज नै अत्यन्त दु:खी छ, नेपाली जन सम्पर्क समिति नर्थ क्यारोलिना च्याप्टर अरु दु:खी छ भनेका छन् ।

स्व ओली सबैका लागि अत्यन्त सरल ,मिलनसार , सहयोगी र हसिलो व्यक्तिको रुपमा परिचित थिए । नेपालमा रहेका परिबारलाई समेत भनेर तत्काल आर्थिक सहयोग गर्न भनेर खोलिएको गोफन्डमा दुई दिनको अबधिमा नै ४७,००० (सैंतालीस हजार डलर ) उनको लोकप्रियताको कारण संकलन भएको भट्टराईले जनाए ।

श्रद्धासुमन र समबेदना ब्यक्त गर्न मोरिस्भिल नगरका प्रमुख टिजे काउली लगायत नेपाल सेन्टर अफ नर्थ क्यारोलाईनाका अध्यक्ष लगायत आएका थिए । यो कार्यक्रमको संयोजन लगायत गोफन्ड मार्फत आर्थिक सहयोग संकलनमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने नेपाल सेन्टर अफ नर्थ क्यारोलाईनाका संस्थापक एबं प्रथम अध्यक्ष तथा समाजसेवी इश्वर देवकोटा प्रति समग्र नेपाली समाज नर्थ क्यारोलाईनाले आभार प्रकट गरेको छ ।

देवकोटा नै गो फण्डमा सबै भन्दा पहिला रकम दिएका थिए भने अहिले सम्म उनले दिएको २,२०० (दुई हजार दुई सय डलर ) सर्वाधिक ज्यादा रकम हो । खाता खोल्दा केवल लक्ष्य २५ हजार डलरको राखिएको थियो भने अहिले त्यसलाई बढाएर ५० हजार डलर लक्ष्य गरिएको छ । हाल ४७ हजार २ सय पुगेको छ ।

गत जुन ४ का दिन मस्तिकघात भए पछि उनलाई ड्युक बिश्वबिद्यालय अस्पतालमा भर्ना गरिएको थियो । ३४ वर्षिय ओलीलाई बचाउन शल्य क्रिया गरेता पनि उपचारकै क्रममा निधन भएको थियो  । स्व ओली सन् २०१० मा विविधता प्रवेशाज्ञा चिट्ठा (इडिभी भिसा) मार्फत अमेरिका आएका थिए ।

उनि दाङ्गका हुन् भने हाल नेपालमा उनको आमा, पत्नी २ वर्षका छोरा र दुई दिदि बहिनी रहेका छन् । स्व ओली घर परिवारमा आय आर्जन गर्ने एक मात्र सदस्य थिए ।

भरत राजको घटना भए देखि दाह संस्कारमा मानवीय सहयोगमा साथ दिने नर्थ क्यारोलाइनाका सामाजिक अभियन्ताहरु क्रमस एनसिएनसीका अध्यक्ष रबिन्द्र कार्की ,महा सचिव आनन्द घिमिरे,इश्वर देवकोटा ,कृष्ण पोख्रेल ,एनआरएनए नर्थ क्यारोलाइनाका अध्यक्ष कुलानन्द शर्मा लगायतको अहम भूमिका रहेको थियो ।

 

प्रतिक्रिया