मंगलबार, असार ८ २०७८
काठमाडौं १०:४१
वासिङटन डिसी 00:56

मेरिल्याण्डमा प्रहरीको गाडीलाई ठक्कर दिने ३ जना संदिग्धहरु पक्राउ

इनेप्लिज २०७८ जेठ २७ गते २२:५८ मा प्रकाशित

मेरिल्याण्डमा प्रहरीको गाडीलाई ठक्कर दिने ३ जना संदिग्धहरुलाई पक्राउ गरिएको प्रिन्स जर्ज काउन्टी प्रहरीले बताएका छन् । उनीहरुलाई गत बिध्बार जुन ९ का दिन प्रहरीहरुले प्रकाउ गरेका हुन् ।

प्रिन्स जर्ज काउन्टी प्रहरीले दुई जना संदिग्धलाई गत बुधबार पहिला प्रकाउ गरेको थियो । उनीहरुलाई समात्न केही समय पछ्याउनु परेको थियो । अर्का एक जना भागेका थिए तर केही घण्टा पछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएका छन् ।

प्रहरीका अनुसार उत्तरपश्चिमडिसीका १८ बर्षिय पौल क्यानार्टे भएको नाम सार्वजनिक गरेका छन् । तर अन्य दुई नाबालिग रहेकोले उनीहरुलाई वयस्क झैँ अभियोग लगाईने छ ।

प्रहरीका अनुसार उनीहरुले डिसीमा गाडी भित्र रहेको कार(सवारी साधन) भित्र रहेको मुद्रा थैली चोरी भएको उनीहरुको उधारो पत्र (क्रेडिट कार्ड ) प्रयोग भएको खबर पाए पछि प्रहरीहरु त्यहाँ पुगेका थिए । हराएको उनीहरुको उधारो पत्र प्रिन्स जर्ज काउन्टीको बिच सडक नामक स्थानको पसलमा प्रयोग गरिएको थियो ।

दुई प्रहरीहरु उनीहरु नजिक पुगेका थिए । प्रहरीले सिसा खोल भन्दा प्रहरीको गाडीलाई ठक्कर दिएका थिए । प्रहरीले बन्दुक निकाले पछि उनीहरु त्यहाँबाट भागेका थिए । उनीहरुको गाडी नेलर सडक र स्विटल्याण्ड पार्कवे मा दुर्घटना भएको समाचार डब्लुटिओपी डटकमले लेखेको छ ।

 

प्रतिक्रिया