बिहीबार ९,९०१ पीसीआर परीक्षण गर्दा ३७४९ कोभिड संक्रमित बिरामी थपिए, ५९ जनाको मृत्यु, ५२९३ जना डिस्चार्ज

इनेप्लिज २०७८ जेठ २७ गते १२:४० मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, सोही अवधिमा ५९ जना संक्रमितको मृत्यु भएको छ भने ५२९३ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म देशभर संक्रमितको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ ।

 

प्रतिक्रिया