आइतबार, असार ६ २०७८
काठमाडौं ०५:५७
वासिङटन डिसी 20:12

अमेरिकामा ३७ करोड २४ लाख खोप आपूर्ति ,३० करोड ४७ लाखले कम्तीमा एक खुराक खोप

अमेरिकामा २ करोड ८२ लाख ५४ हजारले कोरोना जिते

इनेप्लिज २०७८ जेठ २७ गते १०:३८ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १४ हजार ८ सय ९ जना संक्रमित भएका छन् । यसै गरी कोरोना भाइरसबाट ४ सय १७ जनाको मृत्यु भएको छ ।

गत बुधबार जुन ९ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्स तथा सिडीसीले निकालेको हो । अमेरिकामा हाल सम्म २ करोड ८२ लाख ५४ हजार ९१ जनाले कोरोना भाइरसलाई जितेका छन् ।

कोरोनाबाट संक्रमण हुनेको औसत दरमा विगत दुई हप्तामा ३६ प्रतिशतले कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ५ लाख ९८ हजार ३ सय ५५ जनाको निधन भएको छ भने दुई हप्तामा २० प्रतिशतले मृत्यु दर घटेको छ ।

हाल अमेरिकामा २१ हजार ६ सय ७७ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको संख्या २२ प्रतिशतले घटेको छ । गत जुन ९ का दिन अमेरिकामा ६ लाख ५४ हजार ४ सय ८१ जनाले कोरोनाको जाँच गराएका छन् ।

अहिले बिहान बिहिबार सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३४ लाख ९८ हजार २० हजार ५ सय ८२ रहेको छ ।

अमेरिकामा कोरोना बिरुद्धको खोप अमेरिकाको जनसंख्या भन्दा ज्यादा ३७ करोड २४ लाख ९५ हाजर ५ सय २५ आपूर्ति गरि सकिएको छ भने कम्तीमा ३० कोर्द ४७ लाख ५३ हजार ४ सय ७६ जनाले खोप लगाई सकेका छन् ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४२.५ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५१.८ प्रतिशत पुगेको छ । अमेरिकामा वयस्कहरूले कम्तीमा पनि एक खुराक खोप ६३.९ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५३. ३ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८६.४ प्रतिशत र पूर्ण खोप ७५.६ प्रतिशत दिइएको छ ।

प्रतिक्रिया