शुक्रबार, असार ४ २०७८
काठमाडौं १७:००
वासिङटन डिसी 07:15

उच्च पदस्थ र शीर्ष नेतासँग छलफल गर्दै सभामुख

इनेप्लिज २०७८ जेठ २७ गते २:५० मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारी र शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् । सभामुख सापकोटाले शीर्ष नेताहरुको छलफल राखेका हुन् ।

सभामुख सापकोटाले छलफलमा प्रधानमन्त्री केपी ओलीलाई पनि बोलाएका छन् । उनले पत्र लेखेर शुक्रबार दिउँसो २ बजेका लागि प्रधानमन्त्री ओलीलाई छलफलमा बोलाएका हुन् ।

सभामुख सापकोटाले उक्त छलफलमा प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्रीहरु, संसदमा रहेमा दलहरुको शीर्ष नेतालाई बैठकमा बोलाएका छन् ।

सापकोटाले बुधबार पत्र लेख्दै बैठकमा सहभागी हुनका लागि उनीहरुलाई अनुरोध गरेका छन् । बैठकमा समग्र राजनीतिक परिवेशमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया