आइतबार, असार ६ २०७८
काठमाडौं ०७:२३
वासिङटन डिसी 21:38

जेबीएसले १ करोड १० लाख डलर फिरौती तिर्यो

इनेप्लिज २०७८ जेठ २७ गते १:३८ मा प्रकाशित

इन्धन आपूर्ति गर्ने कोलोनियलले रुसका विच्छेदकलाई गुप्तरुपमा लाखौ डलर फिरौती दिएको केही दिनमै जेबीएसले साङ्गणिक(साइबर) आक्रमण पछि १ करोड १० लाख डलर डलर फिरौती तिरेको छ । अर्थात् ११ मिलियन डलर फिरौती दिएको सिएनएनले समाचार प्रकाशित गरेको छ ।

कोलोनियल पाइपलाईनले रुसका ह्याकर्स (विच्छेदक)लाई गुप्तरुपमा दिएको पैसा लाखौ डलर अनुसन्धानकर्ताले वसूली गर्न सफल भएका थिए । रुसमा रहेका अनेकौ यस्ता अनधिकृत प्रवेश गर्नेहरुले अमेरिकालाई ठूलो लक्ष्य बनाएका छन् भने पछिल्लो साइबर आक्रमणको शिकार जेबिएस भएको छ ।

बुधबार जुन ९ का दिन बिज्ञप्ति निकाल्दै गत हप्तामा भएको आक्रमण पछि मासुको प्रौद्योगिकी(प्रोसेसिङ्ग)प्रक्रिया सम्पूर्ण बन्द गर्नु परेको जनाएको छ ।

जेबिसीले फिरौती तिरे पछि पुन:बिधुतिय प्रणाली चालु भएको बताएको छ । “यो हाम्रो कम्पनीको लागि र मेरो लागि व्यक्तिगत रूपमा गर्नु अत्यन्त गाह्रो निर्णय थियो,” जेबीएस अमेरिकाका प्रमुख कार्यकारी अधिकारी सीईओ, आन्द्रे नोगुइराले बिज्ञप्तिमा भने।

“यद्यपि हामीले महसुस गर्‍यौं कि यो निर्णय हाम्रा ग्राहकहरूको लागि कुनै पनि सम्भावित जोखिम रोक्नको लागि हुनु पर्‍यो।”जेबिसीको भुक्तानीको पहिलो समाचार द वॉल स्ट्रीट जर्नलले सार्वजनिक गरेको थियो।

साइबर आक्रमण उत्तरी अमेरिका र अष्ट्रेलियामा जेबीएसको सुचना प्रविधि प्रणालीलाई रक्षा गर्ने परिसेवक(सर्भर)हरूलाई असर गर्यो। अमेरिकी सरकारले रेभिललाई जिम्मेवार ठहराएको छ जुन एउटा आपराधिक गिरोह हो जुन रूस वा पूर्वी यूरोपमा रहेको विश्वास गरिएको छ।

“प्रारम्भिक छानबिन परिणामहरूले कुनै कम्पनी, ग्राहक वा कर्मचारी तथ्यांकमा सम्झौता भएको छैन भनेर पुष्टि गर्दछ,” जेबीएसले बुधवारको विज्ञप्तिमा भनेको छ ।

जेबीएस अमेरिका जेबीएस खाध्यको एक हिस्सा हो । विश्वको सबैभन्दा ठूलो खाद्य प्रतिष्ठान हो। १५ वटा देशहरूमा सञ्चालन रहेको छ र यसको करीव १०० देशहरूमा ग्राहकहरू छन् ।

प्रतिक्रिया