सविताको सासु रुँदै मिडियामा आएपछि झन् अर्को रहस्य बाहिरियो,सबिताकि आमाले खुलाईन झन ठूलो रहस्य

इनेप्लिज २०७८ जेठ २६ गते २२:१६ मा प्रकाशित

चितवनकी सविता भण्डारीको मृत्युको घटना थप रहस्यम बन्दै गएको छ।सविताका माइतीले घटना रहस्मय भन्दै अनुसन्धान गर्न माग गरेका छन्।सोमवार सविताकी सासु रुँदै आफुहरुको घटनामा कुनै हात नभएको र सवितालाई निकै माया गर्ने गरेको बताएकी थिइन्।

सविता डिप्रेशनको रोगी रहेको र आफु नर्स भएका कारण सविताको निकै माया गरेर राखेको बताएकी थिइन् सासुले।लामो समय देखि म नर्स पेशामा कार्यरत छु त्यसैले बिरामीलाई कसरी स्याहार गर्नुपर्छ भन्ने आफुलाई थाहा भएका कारण निकै राम्रोसंग स्याहार गरेर बुहारीलाई राखेको बताएकी थिइन्।

तर सविताको आमाले भने निकै माया गर्ने सासुले घटना भएपछि मलाई फोन गरेर किन जानकारी दिइनन् भनेर प्रश्न गरेकी छन्।सासुले राम्रोसंग फोन गरेर घटनावारे जानकारी दिएको भए सायद मैले मु द्दा पनि गर्दिनथे सविताकी आमाले भनिन्।उनीहरुले सविताको सासु र श्रीमानले घटना भएको भन्दै बताएको समयमा नै करिब डेढ घण्टा फरक रहेको भन्दै त्यसमा पनि आशंका ब्यक्त गरेका छन्।

जबरजस्ती शव बुझ्न लगाएर प्रहरीले नै शंकास्पद ब्यवहार देखाएको सविताको बुवाको भनाई छ।आफुले जो प्रति किटानी जाहेरी दिन खोजेको हो त्यो किटानी जाहेरी प्रहरीले दर्ता गर्न नमानेको बताए।प्रहरीले वकिलले तयार पारिदिएको उजुरी पनि दर्ता नगरेको बुवाको भनाई छ।अमाजुको योजनामा ससुरा र श्रीमानको कारणले सविताको मृत्यु भएको उनका बुवा आमाको आरोप छ।

प्रतिक्रिया