वरिष्ठ अधिवक्ताहरुले गर्दा न्यायालयमा संकट र थप चुनौती आएको छ ।

इनेप्लिज २०७८ जेठ २६ गते ११:२४ मा प्रकाशित

सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुन: स्थापनाको रिट परेपछि वादी र प्रतिवादीका वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च अदालतलाई कब्जा गरे ।सर्वप्रथम सर्वोच्च अदालतमा वादी र प्रतिवादीहरुले भने बमोजिम अनुकूलको फैसला गर्ने न्यायाधीश राख्न मिल्छ कि मिल्दैन ? यो कहीं नभएको हाँडी गाउँको जात्रा भने जस्तै हाम्रो मुलुकमा भएको छ।सर्वोच्च अदालतमा वादी र प्रतिवादीहरुले आफ्नो अनुकूलको न्यायाधीश राख्ने प्रक्रियाले अब यसको प्रभाव र असर पुनरावेदन अदालतहरु र जिल्ला अदालतहरुमा समेत पर्ने देखिन्छ।यसप्रकार न्यायालयमा हस्तक्षेप र प्रहार भइ न्यायालयमा संकट तथा थप चुनौती आइपरेको छ ।

विगतका घटनाक्रममा हिसिला यमीले नेपाल देश नै खारेज गर्नुपर्छ अभिव्यक्ति दिएकी थिइन।मुलुकमा संघीयताको नाममा संघीयताको बीउ रोपेर देश टुक्र्याउन खोज्ने नेताहरू गिरिजाप्रसाद कोइराला,सुशील प्रसाद कोइराला,शेरबहादुर देउवा,रामचन्द्र पौडेल,पुष्प कमल दाहाल,बाबुराम भट्टराई,नारायणकाजी श्रेष्ठ,माधवकुमार नेपाल,झलनाथ खनाल र के.पी.शर्मा लगायतका नेताहरू हुन।हालको वर्तमान अवस्थामा मुलुकको लागि अभिशाप नै पहाडी नेताहरू हुन। सामाजिक संजालहरुमा जताततै राजेन्द्र महतोको मात्र विरोध गरेको देख्दछु।

आज राजेन्द्र महतोले बहुराज्य हुनुपर्छ अभिव्यक्ति दिने अवस्था र परिस्थिति किन आयो सोचौं ? यसको दोषी र जिम्मेवारहरु को को हुन सोचौं ? वास्तविक रूपमा भन्ने हो भने राजेन्द्र महतोले बहुराज्य हुनुपर्छ भन्ने यसको दोषी र भागीदार सर्वप्रथम नेपाली नागरिक नै हुन राजसंस्था फाल्ने,धर्म निरपेक्ष गराउने, संघीयता ठिक हो भन्ने र गणतन्त्र भित्र्याउने नेपाली नागरिकहरु हुन। त्यसपछि दोषी र जिम्मेवार गिरिजाप्रसाद कोइराला, सुशील प्रसाद कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, पुष्प कमल दाहाल, बाबुराम भट्टराई, हिसिला यमी,नारायणकाजी श्रेष्ठ,माधवकुमार नेपाल, झलनाथ खनाल र के.पी.शर्मा लगायतका नेताहरू नै हुन।विगतमा नागरिकाता दिने नाइकेहरु पनि यिनै हुन।अहिले अध्यादेश मार्फत नागरिकता विधेयक संशोधनको विरोध गर्नु पानी माथि ओभानो हुन खोजेको हो । द्वन्द्वकालमा सेनाको संगठनमा कब्जा गर्न खोज्ने,पशुपतिनाथमा कब्जा गर्न खोज्ने,सेनाहरुको संख्या घटाउनु पर्छ भन्ने ,रेन्जर गण खारेज गर्नुपर्छ भन्ने, नेपाल देश नै खारेज गर्नुपर्छ भन्ने सेनाहरुलाई लकीरका फकीर भन्ने सबै पहाडी नेताहरू हुन।राजेन्द्र महतोलाई बहुराज्य हुनुपर्छ भनी सिकाउने पहाडी नेताहरू हुन।

विक्रम सम्वत २०६२/०६३ सालपछि नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ।अनुशासनको ख्याल समेत नगरी नेताहरूले मनलाग्दो जे पायो त्यही बोलेका छन।जताततै विकृति, बेथिति, अराजकता, अस्थिरता र लथालिङ्ग अवस्था छ।हुँदा हँदा अब न्यायालय समेत नियन्त्रणमा राख्ने काम भएको छ । बाहिरी मुलुकमा कुनै नेताले मुलुक खारेज हुनुपर्छ अभिव्यक्ति र सेनालाई लकीरका फकीर भनेको भए सेनाले बाउको बिहे देखाउने थियो । हाम्रो मुलुकमा यस्ता अभिव्यक्ति र भनाइहरुलाई सामन्य रूपमा लिने गरेको पाइएको छ।जुनसुकै मुलुकको पनि शक्ति भनेको सेनाहरु नै हुन्छन । त्यस्तै हाम्रो मुलुकको शक्ति पनि सेनाहरु हो । सेनाले मुलुकमा केही गर्न सकेन भने आउने दिनहरूमा हाम्रो मुलुक र हामी नेपालीहरुको भविष्य छैन ।

समय समयमै नेताहरूबाट मुलुकको अहितमा नचाहिंदो अभिव्यक्तिहरु आइ नै रहेको छ । दोषी जनताहरु हुन।हिसिला यमीले नेपाल देश खारेज हुनुपर्छ र राजेन्द्र महतोले बहुराज्य हुनुपर्छ लगायतका अभिव्यक्ति दिनुमा सर्वप्रथम नेपाली जनताहरु दोषी र जिम्मेवार हुन।राजसंस्था फाल्ने, धर्म निरपेक्ष गराउने, संघीयता ठिक हो भन्ने र गणतन्त्र भित्र्याउने नेपाली जनताहरु दोषी र जिम्मेवार हुन।नेताहरूले नचाहिँदो अभिव्यक्ति दिंदा नेपाली नागरिकहरुले सेना आउ देश बचाउ भन्न सकेको खोइ ? नेपाली नागरिकहरुले सेना आउ देश बचाउ भन्दै सैनिक मुख्यालय घेराउ गर्न सकेको खोइ ? अब पनि नेपाली नागरिकहरुले सेना आउ देश बचाउ नाराका साथ सैनिक मुख्यालय गएर आवाज उठाउन सकिएन भने नेपाली नागरिकहरुले आउने दिनहरूमा आँसु बगाउनु र पश्चाताप भोग्न शिवाय केही छैन।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२

मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया