सङ्घीय सरकार समक्ष प्रदेश सरकारलाई खोप खरिद गर्न दिन आग्रह–मन्त्री राई

इनेप्लिज २०७८ जेठ २६ गते ११:१७ मा प्रकाशित

विराटनगर,२६ जेठ (रासस):प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले सङ्घीय सरकार समक्ष प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आज यहाँ आग्रह गर्नुभएको छ।

मन्त्री राईले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने अथवा प्रदेशलाई खरिदको अनुमति दिन आग्रह भयो।

उहाँले कोरोना सङ्क्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेको भन्दै सङ्घीय सरकारलाई चाँडोभन्दा चाँडो प्रवन्ध गर्न अनुरोध गर्नु भयो।

कोभीडको–१९ तेश्रो लहर शुरु हुने विज्ञहरुले बताईरहेको अवस्थामा आवश्यक तयारी गर्नु पर्नेमा जोड दिनु हुदै कोरोना सङ्क्रमण नियन्त्रणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको उहाँले बताउनुभयो।

प्रदेशका दुर्गम–दुर्गम स्थानमा कोरोना फैलिदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको चर्चा गर्दै उहाँले सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएकाले परिपुर्तीमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवस्यक रहेकोमा जोड दिनुभयो।

मन्त्री राईले प्रदेशका सवै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा रहेको जानकारी गराउनु हुदै प्रत्येक जिल्ला अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने सरकार अघि वढेको बताउनु भयो।

उहाँले स्थानीय सरकारको बजेट केन्द्रिकृत गरि पूर्ण व्यवस्थित र विकसित अस्पताल निर्माणमा लागि परेको बताउनु हुदै एचडियू,आईसीयू,भेन्टिलेटर, आवस्यक जनशक्ति सहितको विकसित अस्पताल निर्माण हुनेछ भन्नु भयो।

मन्त्री राईले विपन्न नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गरि विपन्न स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार लागि परेको चर्चा गर्नु भयो।

भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङ,सात वटा प्रदेशका सामाजिक विकास मन्त्रीहरु,मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो।

 

प्रतिक्रिया