शुक्रबार, असार ४ २०७८
काठमाडौं १८:३९
वासिङटन डिसी 08:54

क्यालिफोर्नियाको राजमार्गमा ६ बर्षिय बालकलाई गोली हानी हत्या गर्ने एक पुरुष र एक महिलाहरु पक्राउ

इनेप्लिज २०७८ जेठ २५ गते २३:५० मा प्रकाशित

क्यालिफोर्नियाको राजमार्गमा दुई संदिग्ध बन्दुकधारीहरुले गोली चलाउदा शिशु कक्षामा अध्ययनरत ६ बर्षको बालकको निधन भए पछि सूचना दिनेलाई ४ लाख ५० हजार डलर इनामको घोषणा गरे पछि दुई संदिग्धहरु एक पुरुष र एक महिलालाई पक्राउ गरिएको छ ।

अभियोजकहरुले बालक एडेन लियोसलाई हत्या गरेको सिलसिलामा पुरुष मार्कस एन्थोनी एरिजलाई हत्या र वाइनी लीलाई अतिरिक्त वस्तु र बन्दुक राखेकोमा अभियोग लगाईएको एबिसी न्यूजले समाचारमा उल्लेख गरेको छ ।

जुन ८ मंगलबारका दिन गत मे २१ का दिन राजमार्गमा गोली चलाउने क्रममा एडेन सवारी साधनको पछाडी स्थान बसी रहेका थिए । उनकी आमा राज्य मार्ग ५५ को मा उत्तरतिर गाडी चलाई रहेकी रहेका थिइन् । त्यो समयमा बालकलाई जब उनलाई गोली हानिएको थियो । बालकलाई अस्पताल लगिएको थियो जहाँ उसलाई मृत घोषित गरिएको थियो ।

२४ बर्षिय मार्कस एन्थोनी एरिज र २३ बर्षिय वाइनी ली मध्ये एरिजले बन्दुक चलाएका थिए ।

मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ओरेन्ज काउन्टीका जिल्ला अधिवक्ता टोड स्पिट्जरले यदि एरिजलाई दोषी ठहराइयो भने उनले “आफ्नो वयस्कको जीवनको महत्वपूर्ण हिस्सा कारागारमा बिताउनेछ।” भने ।

ली जसलाई बन्दुक चलाउने आरोप लगाइएको छैन । उनलाई सम्भावित चार बर्ष सम्म कारागार जाने छन् । अभियोजकहरूले एरिजको जमानत २० लाख र लीको ५ लाख डलर लाई समायोजित गर्न भनेको छ ।

अन्वेषकहरूले गत सोमबार उनीहरूले गोली हान्दाको हतियार र भोक्सवागन नामक सेतो सवारी साधन फेला पारेको जनाएका थिए ।

कोस्टा मेसाका नगर प्रमुख जोन स्टीफन्सले “हामी एडिनको हत्यारालाई न्यायको कठघरामा ल्याउन र अरूलाई यस प्रकारको खतरनाक आचरणमा संलग्न हुनबाट जोगाउन आवश्यक पर्ने कुरा गर्न चाहन्छौं।” भनेका थिए ।

तस्बिर कृतज्ञता ;ओरेन्ज काउन्टी जिल्ला अधिवक्ताको कार्यालय )

 

प्रतिक्रिया