बिहीबार, असार १० २०७८
काठमाडौं ११:२७
वासिङटन डिसी 01:42

फ्लोरिडाको मायामीमा प्रेमीले गोली चलाउदा पत्नी,किशोरको मृत्यु र अन्य ३ जना घाइते

इनेप्लिज २०७८ जेठ २५ गते ११:०१ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको मायामीमा प्रेमीले गोली चलाउदा पत्नी र किशोरको निधन भएको छ भने अन्य ३ जना घाइते भएका छन् । ३८ बर्षिय महिला र १५ बर्षिय किशोरलाई मायामी स्थित एक आवास गृहमा महिलाका प्रेमीले गोली चलाउदा मृत्यु भएको प्रहरीले जनाएका छन् ।

उक्त घटना मायामीको दक्षिणमा भएको हो । उनीहरुलाई गोली हाने पछि उनले स्वयमले आफूलाई गोली हाने पछि उनको पनि मृत्यु भएको थियो । प्रहरी त्यहा पुगे पछि उनि सँग कुराकानी गरि सम्झौता गर्ने प्रयास गरेका थिए भनि स्थानीय पत्रिकाले समाचार लेखेको छ ।

मायामी डेड प्रहरीले उक्त जानकारी छापा बिज्ञप्तिमा उल्लेख गरेका छन् । मायामी डेड प्रहरीका अनुसार ११ बर्षिय बालिकाको अवस्था गम्भीर रहेको छ भने १६ बर्षिय किशोरको अवस्था स्थिर रहेको जनाएका छन् । त्यसै गरि १८ बर्षिय किशोरलाई उपचारको लागि अस्पताल लागिएको थियो भने उनको स्वास्थ्य अवस्था बारेमा कुनै जानकारी नभएको प्रहरीले बताएका छन् ।

प्रहरीले घटनाको बिस्तृत जानकारी गराएका छैनन् भने अनुसन्धान जारी राखेको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया