मंगलबार, असार ८ २०७८
काठमाडौं ११:०९
वासिङटन डिसी 01:24

पहिलो डा. हर्क गुरूड्० स्मृति भलिबल कपको उपाधी सिन्धुलाई

इनेप्लिज २०७८ जेठ २५ गते १:२४ मा प्रकाशित

पहिलो डा. हर्क गुरूड्० स्मृति भलिबल कपको उपाधी सिन्धुलाई गुरूड्०(तमु) सोसाईटी ईन्क.यू.एस.ए.द्वारा आयोजित प्रथम डा. हर्क गुरूड्० स्मृति भलिबल प्रतियोगिताको पहिलो उपाधी सिन्धु भलिबल टीमले हात पारेको छ।

निकै नै कडा प्रतिष्पर्धा भएको अन्तिम खेलमा सिन्धु भलिबल टीमले म्याग्दी समाज भलिबल टीम माथि ३-२ सेटको जीत निकाल्दै ३,०००.०० डलर राशीको नगद पुरस्कार, प्रमाण-पत्र र ट्रफी हासिल गरेको छ भने दोश्रो हुने म्याग्दी भलिबल टीमले २,०००.००डलर राशीको नगद पुरस्कार,प्रमाण-पत्र र ट्रफी हासिल गरेको छ।

मेमोरियल डे को अवसर पारेर न्यूयोर्क राज्यको Long Island City, Queens Bridge पार्कमा मे २९, र ३०, २०२१ गर्न लागिएको प्रतियोगिता प्रतिकूल मौसमको कारण एक हप्ता पछि जुन ५ र ६ २०२१ मा सारिएको थियो।

Apollo Manufacturing Inc. र Buddha Tax & Accounting को मुख्य प्रायोजन र अन्य विभिन्न व्यावसायी,संघ-संस्था तथा ब्यक्तीहरूको प्रायोजन साथै आमा-समूह , युवा समूह र यि एण्डी चेड्०को विशेष सहयोग रहेको यस प्रतियगितामा आयोजक भलिबल टीम सहित न्यूयोर्कको विभिन्न आठ भलिबल टीमहरू र मेरील्याण्ड ,न्यूजर्सी राज्यबाट एक-एक भलिबल टीमको सहभागिता रहेको थियो। प्रतियोगिताको समुद्घाटन जुन ०५,२०२१ को दिन आयोजक संस्थाको संस्थापक अध्यक्ष तुलसी गुरूड्० गर्नु भएको थियो।

प्रतियोगिता शुरू हुनु भन्दा अगाडी स्व. डा.हर्क बहादुर गुरूड्० र हालको महामारी COVID-19 को विषम परिस्थितिमा ज्यान गुमाउनु भएको सम्पूर्ण नेपालीहरूको चीर शान्तीको कामना गर्दै मौन धारण गरिएको थियो।

लगभग ५०० भन्दा बढी खेलप्रेमी नेपालीदर्शकहरूको उपस्थिति रहेको उक्त प्रतियोगितामा नेपालको राष्ट्रिय गीत र संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गीतको प्रस्तुती पछि उक्त भलिबल प्रतियोगिताको लागी रेफ्री द्वय दीपक रोका मगर र  प्रेम हमाल ठकुरीलाई भलिबल प्रदान गरी प्रतियगिताको उद्घाटन गरिएको थियो। जुन ०६,२०२१ का दिन सम्पन्न भएको प्रतियोगितामा प्रमुख अतिथि आदिवासी जनजाती महासंघ अमेरीका अध्यक्ष श्री लोक चेम्जोड्० लिम्बु रहनु भएको थियो।

विशेष अतिथिहरू New City District 25 Council Member उम्मेद्वार यि (एण्डी)चेन YI(ANDY)CHEN, गैर आवासीय नेपाली संघ न्यूयोर्क च्याप्टर नव निर्बाचित सभापति आड्०छिरीड्० शेर्पा, तमु प्ये ल्हु संघ, न्युयोर्कका अध्यक्ष श्री मिलन गुरुँग लगायत विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थितिमा खेल समापन भएको थियो।

समापन समारोहमा प्रमुख अतिथि र विशेष अतिथिहरूको साथमा गुरूड्०(तमु)सोसाईटीका अध्यक्ष विजय गुरूड्०ले भलिबल प्रतियगिताको विजेता उप विजेता टीम र विविध विधामा उत्कृष्ट खेलाडीहरू साथै संस्था संस्थाको संस्थापक अध्यक्ष तुलसी गुरूड्० को हातबाट आमा समूहको दौड प्रतियगितामा प्रथम,द्वितिय र तृतिय हुने विजेताहरू लगायत कलाकारहरूलाई मेडल,प्रमाण-पत्र , ट्रफी र नगद (चेक)बितरण गरिएको थियो।

समापन समारोहको कार्यक्रम संचालन संस्थाको सह-सचिव श्री तोरण गुरूड्०ले गर्नु भएको थियो। समापन समारोहमा उपस्थित सम्पूर्ण खेलप्रेमीहरू, यूवा स्वयंसेवकहरू, सक्रिय आमा समूह, यूवा समूह ,NYGSC प्रायोजकहरू उपस्थित संघ संस्थाका प्रतिनीधिहरू, खेलाडीहरू, रेफ्रीहरू र सहयोगी रेफ्रीहरू ,मीडिया कर्मीहरु सम्पूर्णलाई संस्थाका अध्यक्ष विजय गुरूड्०ले धन्यबाद ज्ञापन गर्नु हुदै समापन समारोहको अन्त्य गर्नु भएको थियो।

कार्यक्रम समापन समारोह पछि (DJLS)श्री जाड्०बु शेर्पाले विभिन्न रोमान्चक गीतहरू बजाएर उपस्थित खेलाडीहरू र दर्शकहरूलाई नचाएर भरपुर आनन्द दिलाउॅनु भएको थियो |

प्रतिक्रिया