बिहीबार, असार ३ २०७८
काठमाडौं २२:२७
वासिङटन डिसी 12:42

इन्धन आपूर्ति गर्ने कोलोनियलले रुसका विच्छेदकलाई गुप्तरुपमा दिएको पैसा लाखौ डलर वसूली

इनेप्लिज २०७८ जेठ २४ गते १९:४० मा प्रकाशित

गत महिनामा इन्धन आपूर्ति गर्ने अमेरिकाको कोलोनियल पाइपलाईनले रुसका ह्याकर्स (विच्छेदक)लाई गुप्तरुपमा दिएको पैसा लाखौ डलर अनुसन्धानकर्ताले वसूली गर्न सफल भएका छन् ।

अमेरिकाको सबै भन्दा ठूलो इन्धन नली मार्गमा साइबर(साङ्गणिक )आक्रमणको कारण बन्द गर्न बाध्य भएको कोलोनियल पाइपलाइन पुन :संचालनमा गत मे १२ साँझ ५ बजे देखि संचालनमा ल्याएको थियो । रुसमा रहेका अनेकौ यस्ता अनधिकृत प्रवेशगर्नेहरुले अमेरिकालाई ठूलो लक्ष्य बनाएका छन् ।

त्यस पछि पनि अन्य स्थानमा पनि लगातार आक्रमण गरी रहेका छन् भने अमेरिकी सरकारले सवैलाई सतर्कता रहन सूचना जारी गरेको छ । अमेरिकी न्याय विभागले सोमबार बिस्तृत रुपमा जानकारी दिने अपेक्षा गरिएको सिएनएनले समाचार लेखेको छ ।

उक्त कारवाहीको नेतृत्व एफबिआइले लिएको छ भने एफबिआइले कोलोनियल पाइपलाइनकासंग मिलेर काम गरि रहेको छ ।

कोलोनियलका प्रमुख कार्यकारी अधिकारी जोसेफ ब्लोअन्टले दि वाल स्ट्रिट जर्नललालाई अन्तर्वाता दिदै फिरौती स्वरुप ४.४ मिलियन डलर तिरेको बताएका थिए । अन्य समाचारहरुले त्यति रकम तिर्नु परेको प्रकाशित गरेका थिए ।

पर्दा पछाडी एफबिआइलाई खबर गरेको थियो भने अनुसन्धानकर्ताहरुले भुक्तानीको गरेको पत्ता लगाएका थिए । कोलोनियल पाइपलाइन(नलीमार्ग)जुन टेक्ससको ह्युस्टनबाट दैनिक १० करोड ग्यालन पेट्रोल र अन्य ईन्धन न्यूयोर्क बन्दरगाहमा परिवहन गर्दछ ।

विच्छेदकहरुले दुख दिए पछि अमेरिकाका पूर्वीय राज्यहरू जर्जिया, उत्तर भर्जिनिया र उत्तर क्यारोलाइना लगायतमा इन्धनको अभाव देखाउँदै सङ्कटकाल घोषणा गर्नु परेको थियो ।

 

प्रतिक्रिया