योग प्राणायामका पुस्तकका लागि घोष्टराइटिङ्ग नेपालले सहयोगी भुमिका निर्बाह गर्ने

इनेप्लिज २०७८ जेठ २४ गते १२:३४ मा प्रकाशित


काठमाडौ । पतन्जली योग समित काठमाडौ र घोष्ट राइटिङ् नेपालबिच अनलाईन अन्तक्रिया कार्यक्रम भएको छ ।
पतन्जली योग समिति काठमाडौको साप्ताहिक कार्यक्रममा लेखनका विभिन्न आयामबारे छलफल गर्ने गरिएको छ ।
कार्यक्रममा विषय विज्ञको रुपमा आमन्त्रित घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले घोष्ट राइटिङ नेपाल र विश्व घोष्ट राइटिङ , घोष्ट राइटिङले चलाएको सिर्जनात्मक लेखन , कुन्ज थियटरले लेखनमा पारिरहेको प्रभावको बारेमा उल्लेख गर्नुभयो ।
उहांले पुर्खाको इतिहासले पुस्ता बदल्छ , मान्छेको मरण पछि पनि स्मरण गर्नु पर्दछ , हरेक मान्छे नलेखिएको कथा हो , तपाई कथा भन्नुस हामी लेखिदिन्छौ जस्ता संस्थागत नाराहरु विश्व घोष्ट राइटिङको नारा नभइ नेपाली मौलिक नारा बनाएको बताउनु भएको छ ।
आफ्नो संस्थाले हालसम्म १सय २५ बढी व्यक्तिको पुस्तक प्रकाशन गरिसकेको र सिर्जनात्मक लेखनको १४ औ व्याचसम्म आउदा ३ सय ५० जनाले लेखनको विभन्न बिषयको विज्ञ बोलाएर लेखन तालिम गरिसकेको जानकारी गराउनुभएको छ ।
उहांले नेपालमा योग र प्राणायमका अनुभुतिपरका पुस्तक नभएको र विश्वभरि योगका पुस्तक भने बेस्ट सेलर भएकोले नेपालमा योग प्राणायामका त्यस्ता पुस्तक लेख्न घोष्ट राइटिङ नेपालले सहयोगी भूमिका निभाउने बताउनुभएको छ ।
कार्यक्रमको संयोजन पतन्जली योग समिति काठमाडौको सदस्य मन्जु केसिले गर्नु भएको थियो भने सुनिता न्यौपाने काफ्ले , सन्जिना श्रेष्ठ , दिपक अधिकारी , सुहाना बज्राचार्यले आआफना बिचार राख्नुभएको थियो ।
पतन्जली योग समिति काठमाडौ जिल्लाका अध्यक्ष सुरेन्द्र रिमालले योग र लेखनलाई जोडेर गरिएको कार्यक्रम प्रभावकारी भएको र आगामी दिनमा संस्थागत सहकार्य गर्दै काम गरिने बताउनु भएको छ ।
कार्यक्रमको सन्चालन रश्मि नेपालले गर्नु भएको थियो भने सुधा सापकोटाको जन्म दियौ किन भन्ने भजन गाउनु भएको थियो ।

प्रतिक्रिया