मंगलबार, असार ८ २०७८
काठमाडौं १६:१२
वासिङटन डिसी 06:27

फ्लोरिडाको मायामीको एक स्नातकोत्सव रात्री भोजमा गोली चल्दा ३ जनाको मृत्यु ,कैयौ घाइते

इनेप्लिज २०७८ जेठ २४ गते १२:३१ मा प्रकाशित

फ्लोरिडाको मायामी डेड क्षेत्रमा भएको स्नातकोत्सव रात्री भोजमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने कैयौ घाइते भएको जानकारी प्रहरीले दिएका छन् । यो समेत गरि एक हप्ता भित्र दुईवटा गोली काण्ड भएका छन् । प्रहरीले यसको अनुसन्धान गरि रहेको जनाएका छन् ।

उक्त घटना आइतबार बिहान भएको हो । उक्त घटना मायामी डेड को केन्डल मा बिहान करिव २ बजे भएको हो हुकाह लन्ज चमेनागृहमा भएको पत्रकार सम्मेलनमा प्रहरी निर्देशक फ्रेडी रामीरेजले बताए ।

प्रहरीका अनुसार एक बिशाल बजार नजिक एक या दुई सवारी साधनलाई रोके पछि गाडी भित्र रहेको कसैले उक्त चमेनागृहमा रहेका माथि अन्धाधुन्ध गोली चलाएका थिए ।

उक्त गोली काण्ड पछि प्रहरीले अवारी साधनलाई रोक्नु परेको थियो । प्रहरीका अनुसार उक्त गोलिकाण्डमा २ जना पुरुष र १ महिलाको मृत्यु भएको छ भने ३ जना महिला र ३ जना पुरुष घाइते भएका छन् ।

उनीहरुलाई अस्पताल निजी सवारी साधनबाट लागिएको छ । उक्त गोलीबारीमा फ्लोरिडा सुधार गृह विभागकी एक महिलाको समेत निधन भएकोमा बिभागले दुख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ भनि एबिसी न्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया