मंगलबार, असार ८ २०७८
काठमाडौं ०६:५९
वासिङटन डिसी 21:14

बिश्वकै सर्वाधिक धनाड्य तथा एमाजोनका प्रमुख जेफ बेजोस अन्तरिक्षमा जाने

इनेप्लिज २०७८ जेठ २४ गते ११:४५ मा प्रकाशित

 

एमाजोनका प्रमुख कार्यकारी अधिकारी तथा बिश्व कै धनाड्य व्यक्ति जेफ बेजोस अन्तरिक्षमा जाने भएका छन् ।

बेजोस आफ्नै अन्तरिक्ष प्रतिष्ठान ब्लू ओरिजिन द्वारा बनाइएको रकेट जहाज न्यू शेपार्ड ,ब्लु ओरिजिनबाट जान लागेका हुन् । उनि आगामी जुलाई २० का दिन जाने भएका छन् । तर उनि अन्तरिक्षमा उड्नु अगाडी एमाजोनबाट उनले राजिनामा दिने भएका छन् ।

ब्लू ओरिजिनका अनुसार बेजोसको कान्छो भाई, मार्क बेजोस पनि उडानमा सम्मिलित हुनेछन भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।

“जब म ५ बर्षको थिए तबदेखि मैले अन्तरिक्षको यात्रा गर्ने सपना देखेको छु,” ५७ बर्षिय बेजोसले सोमबार बिहान सामाजिक संजाल इन्स्टाग्राम प्रकाशित गर्दै भने । “जुलाई २० मा, म त्यो यात्रा मेरो भाईसँग लिनेछु। सबैभन्दा राम्रो साहसिक, र मेरो सबैभन्दा मिल्ने साथीसँग।” उनले भनेका छन् ।

प्रतिक्रिया