आइतबार, जेठ ३० २०७८
काठमाडौं २२:५९
वासिङटन डिसी 13:14

अमेरिकामा ३० करोड १६ लाखलाई कम्तीमा एक खुराक खोप,अस्पताल भर्ना हुने दरमा १९ प्रतिशत न्यून

इनेप्लिज २०७८ जेठ २४ गते ११:१४ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १३ हजार ९ सय २७ जना संक्रमित भएका छन् । यसै गरि कोरोना भाइरसबाट ४ सय ३७ जनाको मृत्यु भएको छ ।

गत आइतबार जुन ६ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । अमेरिकामा हाल सम्म २ करोड ८१ लाख २२ हजार ७ सय ३७ जनाले कोरोना भाइरसलाई जितेका छन् । अर्थात् निको भएर घर फर्केका छन् ।

कोरोनाबाट संक्रमण हुनेको औसत दरमा विगत दुई हप्तामा ४५ प्रतिशतले कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ५ लाख ९७ हजार २ सय २० जनाको निधन भएको छ भने दुई हप्तामा २२ प्रतिशतले मृत्यु दर घटेको छ ।

हाल अमेरिकामा २३ हजार ६ सय ५४ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको संख्या १९ प्रतिशतले घटेको छ ।

गत जुन ६ का दिन अमेरिकामा ८ लाख ३९ हजार ९७ जनाले कोरोनाको जाँच गराएका छन् ।

अहिले  सोमबार बिहान जुन ७ का दिनसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३३ लाख ६९ हजार ३ सय ८९ रहेको छ ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४१.९ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५१.५ प्रतिशत पुगेको छ । अमेरिकामा वयस्कहरूले कम्तीमा पनि एक खुराक खोप ६३.५ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५२. प्रतिशत लगाई सकेका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८६.३ प्रतिशत र पूर्ण खोप ७५.४ प्रतिशत दिइएको छ ।

प्रतिक्रिया