प्रदेश नं १ प्रदेश सभाको बजेट अधिवेशन आजदेखि शुरु

इनेप्लिज २०७८ जेठ २४ गते १०:२६ मा प्रकाशित

विराटनगर,२४ जेठ।प्रदेश नं १ प्रदेश सभाको आठौं तथा बजेट अधिवेशन आज दिउँसो दिनको २ बजेदेखि देखि शुरु हुदै छ।

बैठकमा संसदीय दलका नेताहरूले मन्तव्य दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।बैठकमा प्रदेश आर्थिक कार्यविधि ऐन (दोश्रो संशोधन) शंसोधन अध्यादेश पेश हुने कार्यसूची छ।

बजेट अधिवेशन शुरु हुनुपूर्व आइतबार प्रदेश सांसद,प्रदेशसभाका कर्मचारी, सुरक्षाकर्मी,मर्यादा पालक,संसदीय पत्रकारहरु,सांसदहरूका स्वकीय सचिवालयका कर्मचारीहरूको पीसिआर परीक्षण गरिएको प्रशासन महाशाखा प्रमुख चन्द्रमणि पोखरेलले जानकारी दिनु भयो।

प्रतिक्रिया