मोरङमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप

इनेप्लिज २०७८ जेठ २४ गते १०:१० मा प्रकाशित

विराटनगर,२४ जेठ।जिल्ला प्रशासन कार्यालय मोरङले आगामी जेठ ३१ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ।

कोरोना सङ्क्रमणको जोखिमलाई नियन्त्रण गर्ने कार्यलाई ध्यानमा राखि कार्यालयले मोरङमा जारी निषेधाज्ञालाई जेठ ३१ गतेसम्म थप गर्ने नियर्ण गरेको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निषेधाज्ञाको समय सकिनु अगाडि सूचना जारी गर्दै जेठ ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको आदेश जारी गर्नु भएको हो।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३,सङ्क्रामक रोग ऐन २०२० को दफा २ र कोभीड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ ३१ गतेसम्मका लागी निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ।

 

प्रतिक्रिया