शुक्रबार, असार ४ २०७८
काठमाडौं ०६:०२
वासिङटन डिसी 20:17

न्युयोर्कको ब्रुकलिनमा हत्याको सजाय पाएका निर्दोष व्यक्ति २७ बर्ष पछि रिहा

इनेप्लिज २०७८ जेठ २४ गते ०:२६ मा प्रकाशित

अमेरिकाको न्युयोर्कको ब्रुकलिनका एक निर्दोष व्यक्तिलाई २७ बर्ष पछि कारागारबाट रिहा गरिएको छ । उनले हत्या गरेको प्रमाणित नभए पछि उनलाई गत बर्ष २०२० को महामारीको बन्दाबन्दीमा छोडिएको सिएनएनले समाचार लेखेको छ ।

अमेरिका जस्तो मुलुकमा झन्डै ३ दशक कैद भै कारागारमा बिताए पछि उनले हत्या नगरको ठहर भए पछि उनलाई कैद मुक्त गरिएको थियो ।

मलाई लामो समय सम्म कारागारमा राखियो। यो केही पनि हैन । नरम-भाषी इमान्युल कुपरले उत्तर क्यारोलिनाको रेले शहरमा रहेको आफ्नो घरबाट दिएको भिडियो (श्रब्यदृश्य) अन्तर्वार्तामा उनले भने ।

जुन उनले आफ्नी पत्नी स्यान्डी र उनीहरूको १० बर्षिय छोरी लायलालाई हिस्सा (शेयर)गरे । उनले आफ्ना कैदका दिनहरू पकाउन समय बिताएको र कारागार हुँदाको एक मानिसको याद आउने गरेको उनले बताए ।

५३ बर्षिय कुपर हाल एकान्तमयता नामक रोगबाट ग्रस्त छन । उनलाई त्यस्तो रोग राइकर्स टापुमा भएको उनले बताए । उनि उत्तोलक (लिफ्ट)मा जान सक्दैन तर उनकी छोरी लैलाले उनलाई सहयोग गर्छिन ।

सडक पार गर्न पनि उनलाई गाह्रो छ किनकि सवारी साधनको गतिले उसलाई दुखी बनाएको छ। नोभेम्बर २५ ,१९९२ मा महानगरीय यातायात प्राधिकरण (एमटीए) टोकन बिक्री स्थलका कार्य सहायक क्लर्क एन्ड्रेस ब्यारेटोलाई ब्रूक्लिन भूमिगत केन्द्रमा चोरी डकैतको क्रममा गोली हान्दा उनको मृत्यु भएको थियो ।

तर तीन जना प्रत्यक्षदर्शीले कूपरलाई घटनास्थलमा देखे भनि कुरा लगाए पछि उनलाई गिरफ्तार गरिएको थियो । उनलाई नोभेम्बर २३ ,१९९३ मा २५ बर्षको कारागारको सजाय सुनाइएको थियो ।

प्रतिक्रिया