सेटिङको सकस

यज्ञप्रसाद पाण्डे २०७८ जेठ २३ गते २३:४८ मा प्रकाशित

 

विद्या,ओलीक्या स्वाभिमानी
नेपाली जनता छन् भाग्यमानी

भूगोल हाम्रो बिस्तारै घट्दो
जनसंख्या छ त अब ह्वात्त बढ्दो

विद्या,ओलीक्या स्वाभिमानी
नेपाली जनता छन् भाग्यमानी
व्यापारमा घाटा कम गर्न भनी
माटो मधेशको बालुवामुनि

विद्या,ओलीक्या स्वाभिमानी
नेपाली जनता छन् भाग्यमानी

यूपी र बिहारमा दु्रत पूर्वाधार
चुरे भाबर पार नाङ्गेझार

विद्या,ओलीक्या स्वाभिमानी
नेपाली जनता छन् भाग्यमानी

भत्काउ चुरे केही पनि हुन्न
तराईको दर्द छैन मन सुन्न

विद्या,ओलीक्या स्वाभिमानी
नेपाली जनता छन् भाग्यमानी

समुद्रमा गिट्टी पाइँदै पाइँदैन
भुटानको चट्टान केही काम छैन

विद्या,ओलीक्या स्वाभिमानी
नेपाली जनता छन् भाग्यमानी

हामीले नदिए को छ र दिने
नाकाबन्दी नाथे के सम्झी बस्ने

विद्या,ओलीक्या स्वाभिमानी
नेपाली जनता छन् भाग्यमानी

सेटिङको सकस एक एक गरेर
भोग भाग्यमानी हो दंग परेर

विद्या,ओलीक्या स्वाभिमानी
नेपाली जनता छन् भाग्यमानी !!

-यज्ञप्रसाद पाण्डे

 

 

प्रतिक्रिया